नेपालमा वीर्य बेच्ने मान्छे नभेटेपछि गर्भाधान सेवा बन्द, शुक्रकीट भन्दा डिम्भ महँगो

नेपालमा वीर्य बेच्ने मान्छे नभेटेपछि गर्भाधान सेवा बन्द, शुक्रकीट भन्दा डिम्भ महँगो

काठमाडौँ, १३ जेठ । नेपालमा वीर्य बेच्ने पुरुष नभेटेपछि काठमाण्डौका केही अस्पतालमा सुरु भएको डोनरमार्फत गरिने गर्भाधान सेवा बन्द भएको छ । निसन्तान दम्पतीका लागी डोनरमार्फत वीर्य लिएर सन्तान सुख प्रदान गर्ने उदेश्यले १३ वर्षअघिदेखि सञ्चालित यो सेवा वीर्य अभावकै कारण केही अस्पतालमा बन्द भएको हो । विदेशमा एजेन्सीमार्फत वीर्यको खरिद गरेर क्लिनिकहरूले प्रदान गर्ने यो सेवा निक्कै लोकप्रिय छ । महिला प...
सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौँ, १३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अन...
प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस सडकमा जान्छः देउवा

काठमाडौँ, १३ जेठ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् । सभापति देउवाले नेपाल प्रेस युनियनको २७ औंँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेताव...
धनकुटा नगरका जातजातिको साँस्कृतिक नृत्यबारे सचेतना अभिवृद्धि कार्यशाला

धनकुटा नगरका जातजातिको साँस्कृतिक नृत्यबारे सचेतना अभिवृद्धि कार्यशाला

धनकुटा, १३ जेठ । धनकुटा नगरपालिका भित्रका जातजातिहरुको संस्कृतिमा आधारित नृत्यहरुबारे सचेतना अभिवृद्धि सम्बन्धि कार्यशाला सञ्चालन गरिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखि पाठशाला धनकुटाले दुई दिने कार्यशाला सञ्चालन गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिकामा रहेका विभिन्न जातजातिका भेषभुषासहित मौलिक संस्कृतिमा आधारित नृत्यहरुको छलफल तथा प्रस्तुती गरिएको आयोजक सस्थाका सरोज भूजेलले जानक...
प्रधानमन्त्रीको प्रष्टोक्ति-घर पनि सुनका, गल्ली पनि सुनका बनाउने भनेका छैनौं

प्रधानमन्त्रीको प्रष्टोक्ति-घर पनि सुनका, गल्ली पनि सुनका बनाउने भनेका छैनौं

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै ओलीले रामायणको प्रसंग निकालेर सम्भव हुने सपनामात्र देखाइएको बताए । ओलीले भने-रामायणमा भनिएको छ ‘घर पनि सुनैका छन्, गल्लि पनि सुनैका’ । यो सरकारले अर्को वर्ष सुनका घर र सुनकै गल्लि बनाउछौं भनेर भनेको छै...
दुङ्गेलको कैद माफीविरुद्ध द्वन्द्वपीडितहरू सडकमा

दुङ्गेलको कैद माफीविरुद्ध द्वन्द्वपीडितहरू सडकमा

काठमाडौँ, १३ जेठ । सशस्त्र द्वन्द्वकालीन मुद्दामा सर्वश्वसहित जन्मकैद पाएर कारागारमा रहेका तत्कालिन माओवादीका नेता एवं पूर्व सांसद बालकृष्ण ढुङ्गेलको कैद माफीविरुद्ध द्वन्द्वपीडित र अधिकारकर्मीहरुले सडकमा प्रदर्शन गरेका छन् । द्वन्द्व पीडित साझा चौतारी नेपालको आयोजनामा पीडित र मानवअधिकारकर्मीहरुले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ढुङ्गेललाई कैद माफी दिन पाइदैन भ...
एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

एक भारी दाउरा लगेपछि विद्यालयमा वर्षभरि खाजा

मलेखु, धादिङ, १३ जेठ ।  विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लानुभयो । दाउरा विद्यालयमा लगेपछि उहाँ खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उहाँका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा विद्यालयमा लानुपर्ने नियम बनाइएको छ । ...
प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

काठमाडौँ, १३ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संस...
सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस आज कति छ

सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस आज कति छ

काठमाडौँ, १३ जेठ । आइतबार सुनको मूल्य घटेको छ । तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार दुई सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।  आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।
धनगढीमा गोली हानेर ९ लाख लुटियो

धनगढीमा गोली हानेर ९ लाख लुटियो

धनगढी, १३ जेठ । धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर यस्तो लुटपाट भएको हो । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर लुटपाट गरिएको हो । बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गाेली प्रहार गरी उनको साथमा रहेको रकम लुटेर भागेकाे  प्रत्यक्षदर्शीले बताएका छन्  । छाती र पाखु...
१०० दिनको रोजगारी ग्यारेन्टी गर्दै सरकार, काम दिन नसके तलब दिने योजना

१०० दिनको रोजगारी ग्यारेन्टी गर्दै सरकार, काम दिन नसके तलब दिने योजना

काठमाडौं, १३ जेठ । सरकारले आगामी वर्षको बजेटमार्फत बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो वर्ष प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने योजना बनाइएको अर्थ मन्त्रालयका एक उच्च...
कोरियन भाषा परीक्षामा यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

कोरियन भाषा परीक्षामा यस्ता छन् परीक्षार्थीले जान्नैपर्ने कुरा

काठमाडौं, १३ जेठ । सन् २०१९ का लागि कोरियन भाषा परीक्षा आगामी असार २६ र २७ गते सञ्चालन हुँदैछ । यो वर्ष ८२ हजार २३५ जना परीक्षार्थीले ईपीएस कोरियन भाषा परीक्षा दिँदैछन् । जसमध्ये ६० हजारले काठमाडौंबाट परीक्षा दिने छन् भने १२ हजार परीक्षार्थीलाई पोखराबाटै परीक्षा दिने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यसका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ व...
अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षका लागि थुनामा

अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षका लागि थुनामा

काठमाडौँ, १३ जेठ । किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुराचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। काठमाडौँ जिल्लाको आदेश अनुसार प्राइसलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। को हुन् प्राइस गत चैत २३ गते  प्रहरीले प्राइस बस्ने घरबा...
बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

बसको ठक्करबाट एउटै मोटरसाइकलमा सवार चारमध्ये तीन जनाको मृत्यु

तनहुँ, १३ जेठ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्था...
छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

मंगलबारे, इलाम, १३ जेठ ।  इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो । कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा...
पश्चिम दाङमा पखाला लागेकाहरुको अवस्था सामान्य

पश्चिम दाङमा पखाला लागेकाहरुको अवस्था सामान्य

तुलसीपुर, दाङ, १३ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा पर्ने पातेटाकुरामा पखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । गए राति १ बजेसम्म सो गाउँका ४१९ जना पखालाबाट बिरामी परेका थिए । तीमध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो । राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको थियो । अन्य ४० बिरा...
राजधानीमा पनि ‘बर्डफ्लु’ भेटियो

राजधानीमा पनि ‘बर्डफ्लु’ भेटियो

काठमाडौँ, १३ जेठ ।  कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पुर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मैस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा बर्डफ्लु देखिएको थियो ।, आजको गोरखापत्र दैनिकमा समाचार  छ ।
विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’

विश्वकै अग्लो स्थानमा रोपियो ‘धान’

काठमाडौँ, १३ जेठ । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ ।  हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको हो ।, आजको गोरखापत्रमा खबर छ ।
बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बैतडी, १३ जेठ । बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिक...
२०७५ जेठ १३ गते आइतबार/आजको राशिफल

२०७५ जेठ १३ गते आइतबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १३ गते। आइतबार। इश्वी सन् २०१८ मे २७ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– त्रयोदशी, १८:२० बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। ...
विवरण लुकाई राजश्व छल्नेका खाता रोक्का

विवरण लुकाई राजश्व छल्नेका खाता रोक्का

विराटनगर, १२ जेठ । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ । कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो । आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ । यसमध्...
२०७५ जेठ १२ गते शनिबार/आजको राशिफल

२०७५ जेठ १२ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ १२ गते। शनिबार। इश्वी सन् २०१८ मे २६ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वादशी, १८:३६ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने ...
धनकुटामा शहीद तथा बेपत्ताको योगदानका बिषयमा अन्तरक्रिया

धनकुटामा शहीद तथा बेपत्ताको योगदानका बिषयमा अन्तरक्रिया

धनकुटा, ११ जेठ । धनकुटामा ‘राज्य पुन संरचनामा शहीद तथा बेपत्ता परिवारको योगदान’ बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिकाको सहयोगमा शहीद सरोकार समाज जिल्ला कार्यसमिति धनकुटाले शुक्रवार कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले शहीदको योगदानका कारण देश अहिलेको अवस्थामा आईपुगेको चर्चा गर्दै शहीदका योगदानको स्मरण गरे । कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्त...
धनकुटामा फेसन सो तथा साँस्कृतिक कार्यक्रम हुने

धनकुटामा फेसन सो तथा साँस्कृतिक कार्यक्रम हुने

धनकुटा, ११ जेठ । धनकुटामा शनिबार (भोली) ढाका कपडा फेसन सो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । आइसिस इटरनेशनल पोखराको आयोजना तथा स्टेप धनकुटाको संयोजनमा कार्यक्रम हुन लागेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । धनकुटा र तेह्रथुमका ढाका कपडा व्यवसायलाई प्रवद्र्धन गरि कला प्रर्दशनलाई प्राथमिकता दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका कोरियो ग्राफर अविन सिंहले जानकारी दिए । ढाका फेस...
पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध नेविसंघको प्रर्दशन

पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध नेविसंघको प्रर्दशन

काठमाडौँ, ११ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ । नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए । नेविसंघका उपाध्य...
एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

एक वर्षमा सबै कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

काठमाडौँ, ११ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच वर्षपछि बाध्यताले रोजगारीमा नेपाली विदेश जान नपर्ने तरीकाले काम भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेण्टर नेपाल रासस शाखाद्वारा संयुक्त रुपमा आयोजित प्रेस चौतारी नेपाल, रासस शाखाको पुरस्कार वितरण र सम्मान गर्दै तथा श्याम रिमालको कम्पकाव्य ‘बारपाक’ सार्वजनिक गर्दै मन्त्री विष्टले एक वर्षभित्र नै औपचारिक र अनौ...
ढुंगेलको आममाफीबारे सरकारलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

ढुंगेलको आममाफीबारे सरकारलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढु‌ंगेललाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी द...
कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसलाई अवसर हो : देउवा

कम्युनिष्ट पार्टीको एकीकरण कांग्रेसलाई अवसर हो : देउवा

काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुको एकीकरणलाई कांग्रेसले अवसरको रुपमा लिनुपर्ने बताएका छन् । नेपाल सांस्कृतिक संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा उनले दुईवटा ठूला कम्युनिष्ट पार्टी हुनुभन्दा एउटै हुनु कांग्रेसका लागि राम्रो भएको बताए । ‘दुई कम्युनिष्ट पार्टी एकीकरण भइसकेको छ । यसलाई हामीले चुनौतीका साथसाथै अवसर को ...
प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

प्रशोधन केन्द्र नहुँदा पचास करोडको जैतुन खेर गयो

बाजुरा, ११ जेठ । जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने जैतुन कार्यान्वय...
नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

काठमाडौँ, ११ जेठ । तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला । सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ । नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल...
पार्टी सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

पार्टी सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

काठमाडौँ, ११ जेठ ।  नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्ला समितिले शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी थिए । कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार...
error: Content is protected !!