- संगालोखबर सम्वाददाता

धनकुटा, १३ जेठ । धनकुटाको सामुदायिक भवनमा ढाका कपडा फेसन सो तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आइसिस इटरनेशनल पोखराको सहयोग र स्टेप धनकुटाको संयोजनमा छथरे ढाका उद्योग धरानले कार्यक्रम आयोजना गरेको हो ।

Advertisement

फेसन सो हेर्न सामुदायिक भवनमा खचाखच दर्शक थिए । फेसन सोमा नयाँ मोडलका लागि विशेष प्राथमिकता दिईएको हुनाले धनकुटाका १३ र बाहिरी जिल्लाका ९ जना सोमा सहभागि थिए ।

मिसन मुस्कान धनकुटाका अध्यक्ष कुसुम राना, उपाध्यक्ष रेणु श्रेष्ठ र सचिव सावित्रा राईले गरेको प्रदर्शनीमा दर्शक अझ रमाएका थिए ।

फेसन सोसँगै भएको सांंगीतिक कार्यक्रमले दर्शकलाई थप रोचकता प्रदान गर्यो ।

धनकुटा र तेह्रथुमका ढाका कपडा व्यवसायलाई प्रवद्र्धन गरि कला प्रर्दशनलाई प्राथमिकता दिन कार्यक्रम गरिएको संयोजक अर्विन सिंहले जानकारी दिए । ढाका फेसन सो धनकुटामा पहिलो पटक भएको हो ।

भिडियो हेर्नुहोस…

यसअघि प्रकाशित समाचार पनि पढनुहोस…

धनकुटामा फेसन सो तथा साँस्कृतिक कार्यक्रम हुने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!