- ईश्वर थापा/संगालोखबर

धनकुटा, १३ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस धनकुटाबाट दिईएको सामुहिक राजिनामा फिर्ता भएको छ ।

Advertisement

देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गर्दै प्रदेश–१ को अस्थायी राजधानी बिराटनगर तोकेको बिरोधमा कांग्रेस जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी र सक्रिय सदस्यले सामुहिक राजिनामा दिएका थिए ।

गत माघ ६ गते उनीहरुले पत्रकार सम्मेलन गरी सामुहिक राजिनामा घोषणा गर्दै धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गरेका थिए । उनीहरुले पार्टी कार्यालय बन्द गरी पार्टी कार्यालयमा कालो झण्डा गाडेका थिए । तर, कांग्रेस केन्द्रिय कार्यालय र पार्टी सभापति शेरबहादुर देउवाले आग्रह गरेको भन्दै चार महिनापछि राजिनामा फिर्ता लिईएको हो ।

दुई हप्ताअघि धनकुटा आइपुगेका कांग्रेस प्रवक्ता तथा धनकुटा प्रतिनिधि विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रले धनकुटाको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलेर कालो झण्डा हटाई पार्टीको झण्डा राखिएको थियो ।

पार्टी कार्यालय र सभापती देउवाले मौखिक तथा लिखित आग्रह गरेका कारण राजिनामा फिर्ता लिईएको कांग्रेस धनकुटा सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!