महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

दार्चुला, १९ असार । लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर ती...
१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात

१० महिनामा ११ करोड ९५ लाख मूल्य बराबरको तास आयात

काठमाडौँ, १९ असार । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ। त्यो वस्तु हो– तास। मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा भने कडाइ गरे...
जापानविरूद्ध कठिन जित निकाल्दै बेल्जियम क्वार्टरफाइलनमा

जापानविरूद्ध कठिन जित निकाल्दै बेल्जियम क्वार्टरफाइलनमा

काठमाडौँ, १९ असार । जारी विश्वकपमा बेल्जियमले जापानविरूद्ध कठिन जित हात पार्दै क्वाटरफाइनलकाे यात्रा तय गरेकाे छ । यससँगै प्रि-क्वाटरफाइनलमा पुगेकाे एक मात्र एसियाली टोली जापान बाहिरिन बाध्य भएकाे छ । एसियाको अन्तिम आशा जापानमा थियाे तर दुर्भाग्य-  बेल्जियमसँग ३-२ गाेलअन्तरले पराजित हुन पुग्याे । नकआउट चरण अन्तरगत साेमबार राति भएकाे खेलमा सुरूमा जापानले अग्रता लिएकाे थियाे, तर अग्रता जोगाउन नसक...
मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान

मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान

काठमाडौँ, १९ असार । मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ । पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।,  कान्तिपुर दैनिकमा  खबर ...
२०७५ असार १९ गते मङ्गलबार/आजको राशिफल

२०७५ असार १९ गते मङ्गलबार/आजको राशिफल

वि.सं. २०७५ आषाढ १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जुलाई ०३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११३८, (तछलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेद...
विश्वकप फुटबल : मेक्सिकोलाई पराजित गर्दै ब्राजिल पुग्यो क्वाटरफाईनल

विश्वकप फुटबल : मेक्सिकोलाई पराजित गर्दै ब्राजिल पुग्यो क्वाटरफाईनल

एजेन्सी । ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा नेयमार र रोबेर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा दुबैले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा नै आक्रमक खेल खेलेको मेक्सिकोले गोल गर्न भने सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । नेयम...
हिलेमा रक्तदानबाट ६६ यूनिट रगत संकलन

हिलेमा रक्तदानबाट ६६ यूनिट रगत संकलन

धनकुटा, १८ असार । विश्व खेलकुद दिवसको अवसर पारेर सोमबार हिले बजारमा रक्तदान कार्यक्रम गरिएको छ । हिले व्याडमिन्टन क्लवले आयोजना गरेको रक्तदानबाट ६६ यूनिट रगत संकलन भएको छ । कार्यक्रममा खेलाडीहरुसँगै स्थानीयबासीले पनि रक्तदान गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष भोगेन्द्र थापा लगायतले पनि रक्तदान गरे । सोहि अवसरमा भएको कार्यक्रममा धनकुटा–१ क...
भीरगाउँका किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान

भीरगाउँका किसानलाई अनुदानमा कृषि सामाग्री प्रदान

धनकुटा, १८ असार । धनकुटा नगरपालिका–२ भीरगाउँका कृषकलाई अनुदानमा कृषि सामाग्री र सिलाई मेसिन प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसाय विकास सेवा प्रदायक संस्था महिला सिप विकास केन्द्रले सामाग्री हस्तान्तरण गरेको हो । आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालित कृषि तालिम तथा सिलाईकटाई तालिममा सिप लिएकाहरुलाई ८० प्रतिशत छुटमा सिलाई...
आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँदिल्ली, १८ असार । भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो । बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका रहेका छन् । अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू ब...
‘सर्वसत्तावाद र अधिनायकबादले लोकतन्त्र संकटमा’

‘सर्वसत्तावाद र अधिनायकबादले लोकतन्त्र संकटमा’

काठमाण्डौ, १८ असार । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सर्वसत्तावाद र अधिनायकबादले लोकतन्त्रलाई संकटमा पर्ने बताएका छन् । नेपाल प्रेस युनियनले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९५ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौमा गरेको लोकतन्त्रको संरक्षणमा प्रेसको भूमिका विषयक कार्यक्रममा बोल्दै महतले त्यस्तो बताएका हुन् । नेता महतले अहिलेको सरकार सर्वसत्तावाद र अधिनाय...
काठमाडौँका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान, निःशुल्क प्रयोग गर्न पाईने

काठमाडौँका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान, निःशुल्क प्रयोग गर्न पाईने

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् । करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ । सार्वजनिक स्थानमा ...
गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा. कोइराला

गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा. कोइराला

काठमाडौँ, १८ असार । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा। कोइरालाले भने, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।” अनशनको ३५ ...
नशालु पर्दाथ सेवन गराई बलात्कार गर्ने घटना बढ्दो

नशालु पर्दाथ सेवन गराई बलात्कार गर्ने घटना बढ्दो

काठमाडौँ, १८ असार। “छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्र्पक गरे, अरु बेला पनि यस्तो कार्य बढेपछि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न उनी निवेदन दिइन ।” प्रहरी सहायक निरीक्षक सुष्मा कुँवर आफ्नो जागिरको सुरुवाती दिनमा १४ वर्ष पहिलेको घटना सुनाउँदै भन्नुभयो, “ती महिला हामीकहाँ आउँदा एकोहोरो बस्न नसक्ने कुरा दोहो¥याउथिन्, बाहिरबाट सबै राम्रो देखिन्थ्यो तर किन उ...
अदेश (कविता)

अदेश (कविता)

नेपाली भएर बाँच्न पाउनु जस्तो सौभाग्य र नेपालमै बस्नु जस्तो दुर्भाग्य भोग्दा यो अदेश किन ‘कोलोनाईज’ भएन भनेर दुःख लाग्छ । जोगाए भक्ति थापाहरुले हाम्रा बलभद्र काकाहरुले अहिलेका पिचासले चुसेर डसेर हिँड्ने बनाए खरानी घसेर पानी पठाए, सानी पठाए नदी त छानी छानी पठाए भुटेर खाए, तारेर खाए छोडाएर खाए, दारेर खाए पीडाको थुप्रोले हिमाल छेकिँदैछ छेकिनु हुन्न भनेर लेखिँदैछ पित्को खुशी बाँकी...
टिपरको ठक्करबाट दुईको मृत्यु

टिपरको ठक्करबाट दुईको मृत्यु

झापा, १८ असार । गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन् । गौरादह–१ नीलगिरि प्लटिङ नजिकै मे ४ प १४४७ नं को मोटरसाइकललाई ना ३ ख ८४७४ नं को टिपरले ठक्कर दिँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा मोटरसाइकल चालक ...
राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित

काठमाडौँ, १८ असार । प्रतिनिधिसभा बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ पारित गरेको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा उक्त विधेयक बहुमतले पारित भएको हो । विधयेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धि हासिल गर्न पूँजी परिचालन गर्नुपर्ने र त्यसका लागि राजश्व उठाउनाका साथै वैदेशिक ऋण लिनुपरेको स्पष्ट पार्नुभएको थियो । डा. खतिवडाले बजेटमा लिइएको आन्तरिक ऋ...
खोटाङमा नोबेलको निःशुल्क शिविरबाट बाह्र सय विरामी लाभान्वित

खोटाङमा नोबेलको निःशुल्क शिविरबाट बाह्र सय विरामी लाभान्वित

खोटाङ, १८ असार । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले खोटाङको रारा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार २ सय ५५ जना बिरामी लाभान्वित भएका छन् । प्रदेश नम्बर १ को सामाजिक बिकास मन्त्रालयसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, ...
प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकियो

प्रदेश ४ को स्थायी राजधानी पोखरा तोकियो

पोखरा, १८ असार । प्रदेश- ४ को स्थायी राजधानी पोखरामा तोकिएको छ । आइतबारदेखी चलेको प्रदेशको राजधानी नामाकरण गर्ने छलफलको प्रस्ताव दुई तिहाई बहुमतद्वारा पारित भएको छ । सोमबार बसेको प्रदेशसभाले बैठले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो । प्रदेशसभा बैठकको छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । यसअघि काँग्रेस सभापति शेबहादुर देउवा नेतृत्वक...
सप्तकोशी नदीमा पानीको वहाव उत्तारचढाव हुने क्रम जारी, आत्तिनु पर्ने अवस्था छैन

सप्तकोशी नदीमा पानीको वहाव उत्तारचढाव हुने क्रम जारी, आत्तिनु पर्ने अवस्था छैन

सुनसरी, १८ असार । पूर्वी भेगमा २ दिनयताको वर्षासँगै सप्तकोशी नदीको वहावमा उतार चढाव हुने क्रम जारी छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख ६ हजार ७ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको छ । पानीको वहावमा आएको उतारचढावपछि ब्यारेजका १६ वटा ढोका खोलिएका छन् । सप्तकोशी नदीको जलस्तरमा उतार चढावको क्रम जारी रहेपनि आइतबारको तुलनामा सोमबार नदीको वहावमा कमी आएको छ । एक लाख ३१ हजार क्युसेक प...
नेपालले अर्जेन्टिनासँग खेलेकाे पहिलाे खेल, मैदानमै पेस्ताेल तेर्स्याइयाे

नेपालले अर्जेन्टिनासँग खेलेकाे पहिलाे खेल, मैदानमै पेस्ताेल तेर्स्याइयाे

काठमाडाैं । सन् १९८३ मा नेपालले सन् १९८२ मा पहिलोपल्ट विश्वकप खेलेको अफ्रिकी राष्ट्र अल्जेरियासँग मात्र होइन, अर्जेन्टिना र उत्तर कोरियाली टीमसँग पनि भिड्ने मौका पाएको थियो । यति ठूला देशहरूसँग नेपालको यो पहिलो जम्काभेट थियो । ६० मिनेटसम्म गोलरहित नेपाल र अल्जेरियाबीचको खेल एकाएक शारीरिक भिडन्तमा परिणत भयो । अन्ततः मलेशियाली सुरक्षाकर्मी नै मैदानभित्र पसे र नेपाली खेलाडीलाई कञ्चटमा पेस्तोल ताके...
भेलले बगाउँदा बाँकेमा चारको मृत्यु

भेलले बगाउँदा बाँकेमा चारको मृत्यु

नेपालगन्ज, १८ असार । विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका–४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका–२ का चार वर्षीया रिमादेवी यादव छन् । जिल्ला दैवी वि...
व्यक्तिगत घटना अनलाइनमा

व्यक्तिगत घटना अनलाइनमा

काठमाडौँ, १८ असार । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको बताए । उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार ज...
काठमाडौंको धर्मस्थलीमा महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौंको धर्मस्थलीमा महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं, १८ असार । काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कोटी छन् । उनी निर्माण मजदुर हुन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे । ‘महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो । हामीलाई खबर भएलगत्तै खोजीमा टोली परिचालित भएको थिय...
विद्यालय तहमा पहिलोपटक कानूनको पढाइ शुरु

विद्यालय तहमा पहिलोपटक कानूनको पढाइ शुरु

भक्तपुर, १८ असार । भक्तपुरमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ । निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्टार डा रामकृष्ण तिमल्सिनाको नेतृत्वमा कक्षा ११ मा कानून विषयको अध्ययन शुरु गरेको हो । आज भक्तपुर निष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै निष्टका संस्थापक एवं भक्तपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष चन्द्र ...
पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

नयाँ दिल्ली, १८ असार । पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो । आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएकोे स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्था...
देशभर अझै दुई दिन वर्षा हुने

देशभर अझै दुई दिन वर्षा हुने

काठमाडौँ, १८ असार । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ । मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले बुधबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभ...
बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

बाढी, पहिरो र डुबान नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, १८ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वर्षाको समयमा पहाडमा पहिरो र तराई डुबानको समस्या हुने भएकाले समयमै सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विशेष सभामा भाग लिँदै सांसद सुमनराज प्याकुरेलले तराईका जिल्लामा विभिन्न नदीमा पानीको बहाव बढेर डुबानको खतरा बढेको भन्दै रोकथामका लागि समयमै तयारी गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद रामनारायण विडारीले भारतले नेपालको ...
घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु

रोल्पा, १८ असार ।  घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ ।  रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। तीनैजनाको शव परीक्षणका लागि होलेरी प्...
पश्चिम दाङको टवाङ्खोलामा आएको बाढीले यात्रुबाहक बस बगायो

पश्चिम दाङको टवाङ्खोलामा आएको बाढीले यात्रुबाहक बस बगायो

तुलसीपुर, दाङ, १८ असार । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना १ ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो । दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभ...
सुनचाँदीको मूल्य घट्यो ! हेर्नुहोस आजको मूल्य

सुनचाँदीको मूल्य घट्यो ! हेर्नुहोस आजको मूल्य

काठमाडौँ, १८ असार ।  सोमबार सुनको मूल्य घटेको छ ।  आइतबार तोलामा ५७ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ५७ हजार ३०० मा कारोबार भइरहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन  आइतबार ५७ हजार २०० मा कारोबार भएकोमा आज  घटेर ५७ हजारमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी रु७६० मा कारोबार भइरहेको छ ।  आइबार चाँदीको मूल्य रु ७६५ रहेको थियो ।
वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

पर्सा, १८ असार । दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् । महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् । वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनो...
error: Content is protected !!