एजेन्सी । ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

ब्राजिलको जितमा नेयमार र रोबेर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा दुबैले गोलरहित बराबरी खेलेका थिए । सुरुवाती समयमा नै आक्रमक खेल खेलेको मेक्सिकोले गोल गर्न भने सकेन ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा २ गोल गर्न सफल भयो । नेयमारले खेलको ५१औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए । खेलको त्यस्तै, खेलको ८८औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिललाई २–० गोलको अग्रता दिलाएका थिए ।

मेक्सिकोले गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । बाँकी समयमा गोल हुन नसकेपछि ब्राजिलले मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो ।

मेक्सिकोलाई पराजित गरेसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको विश्वकपबाट बाहिरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!