२०७५ असार २१ गते बिहिबार/आजको राशिफल

२०७५ असार २१ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २१ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई ५ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– सप्तमी, २०:०८ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा प...
बेलहारामा अस्थायी प्रहरी चौकी स्थापना

बेलहारामा अस्थायी प्रहरी चौकी स्थापना

धनकुटा, २० असार । धनकुटा नगरपालिका–९ बेलहारामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सरक्षालाई थप चुस्तदुरुस्त पार्न स्थानीय थानी चौकमा चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङ्ग, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कट्टेल र वडाध्यक्ष सन्दिप रायमाझीले बुधबार संयुक्त रुपमा चौकीको उद्घाटन गरेका हुन् । घर भाडामा लिएर राखि...
धनकुटाका पाँच जना युवा प्रतिभा पुरस्कृत

धनकुटाका पाँच जना युवा प्रतिभा पुरस्कृत

धनकुटा, २० असार । धनकुटाका पाँच जना युवा प्रतिभालाई बुधबार सम्मानित एवं पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिले युवा प्रतिभाको खोजि गरी उनीहरुको कामलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा विज्ञान तथा प्रविधीतर्फ सहिदभूमिका कोखमान राई र साँगुरीगढीका सन्देश घिमिरे छन् । खेल क्षेत्र तर्फ धनकुटा–१ की सुनिता तामाङ, धनकुटा–३ का खेमराज थापा र उद्यमी तर्फ धनकुटा–६ की जुना घिमिरेलाई सम्म...
छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

काठमाडौँ, २० असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले आफूले जानेको सीपअनुसार कार्यस्थलमा गएर कम्तीमा छ महिना सेवा दिनुपर्ने सुझाव दिइएको छ । सिटिइभिटीअन्तर्गत सञ्चालित कार्यक्रममा शुल्क निर्धारण र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधारका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...
माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताएका छन । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको अध्यापन गराउनुपर्ने र इन्टरनेटमा नो बोर्डर नीतिक...
असार २१ र २२ गते मध्यम वर्षा हुने

असार २१ र २२ गते मध्यम वर्षा हुने

काठमाडौँ, २० असार । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका ...
बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

महेन्द्रनगर, धनुषा, २० असार । बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्...
धनकुटाको महालक्ष्मीमा ट्रिफर दुर्घटना

धनकुटाको महालक्ष्मीमा ट्रिफर दुर्घटना

धनकुटा, २० असार । धनकुटाको महालक्ष्मी नगरपालिका–७ काफ्लेमा आज बिहान ट्रिफर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सडक निर्माण सामाग्री बोकेर भञ्ज्याङबाट जीतपुरतर्फ जाँदै गरेको को.१.ख ४४२८ नम्बरको ट्रिफर सडकबाट पल्टिएको हो । दुर्घटनामा परी ट्रिफरमा सवार स्थानीय ४० बर्षीया सकुमाया मग्रान्ति घाईते भएकी छन् । उनको स्थानीय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ । चालक र सह-चालकलाई भने सामान्न चोट लागेको ...
स्वयम्भूबाट यस्तो देखियो राजधानी (फोटो)

स्वयम्भूबाट यस्तो देखियो राजधानी (फोटो)

स्वयम्भूबाट देखिएको उपत्यकाको दृष्य कैद गर्दै आन्तरीक पर्यटकहरु । स्वयम्भूबाट काठमाण्डौ, ललितपुर र भक्तपुरलाई प्रष्टसँग नियाल्न सकिन्छ । तस्वीर : बिनोद बिष्ट/संगालोखबर
धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटामा बिधुत महशुल नबुझाउँने ४ सय भन्दा बढीको लाईन काटियो

धनकुटा, २० असार । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएको छ । धनकुटा नगरपालिकासहित शाखाको कालो...
व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेपछि किसानको जीवनस्तरमा सुधार

व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेपछि किसानको जीवनस्तरमा सुधार

पाल्पा, २० असार । पहाडी जिल्ला पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीमा व्यावसायिक रुपमा लिची उत्पादन गर्न थालेसँगै यहाँका किसानको जीवनस्तरमा सुधार आएको छ । व्यावसायिक लिची उत्पादनबाट यस आवमा ४० हजार किलोग्राम लिची एउटा वडाबाट निकासी भएको हो । किसानले लिचीको बिरुवासमेत आफैँ उत्पादन गरेर व्यावसायिकरुपमा लिची खेती गर्न थालेसँगै जीवनस्तर माथि उठेपछि यहाँका किसानहरु आकर्षित बनेका हुन् । किसानले फलाएको...
ओखलढुङ्गामा चालक नभएका वेला जीप आफै गुडेर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुङ्गामा चालक नभएका वेला जीप आफै गुडेर दुर्घटना, दुईको मृत्यु, तीन घाइते

ओखलढुङ्गा, २० असार । ओखलढुंगामा बुधबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गंभीर घाईते भएका छन् । सुनकोसी गाउँपालिकाको मूलखर्कवाट सदरमुकाम जाँदै गरेको बा. १५ च ८८४३ नम्बरको जीप च्यानमको भालदिपमा दुर्घटना भएको हो ।मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतकको सनाखत हुँन सकेको छैन । जीप सडकवाट करीब ३ सय मिटर तल खसेक...
पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासियो

पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासियो

सप्तरी, २० असार । लगातारको बर्षापछि खोलामा आएको बाढीका कारण सप्तरीको महुली पुल भासिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको पुल करिव ५० मिटर भासिएको छ । पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । एसपी सिंहले भाँसिएकाे पुलकाे दक्षिणतिरबाट सवारी पास गराइएको बत...
ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लहान, २० असार । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराति ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ३ ख ३३२५ नंको मालबाहक ट्रकमा सोही दिशाबाट आएको को ९ प ७८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–९, रुपनगर निवासी १७ वर्षीय किसन यादवको घटनास्थलमै म...
व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

काठमाडौँ, २० असार । महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा...
अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार

अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार

भीमदत्तनगर, २० असार । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर...
नदीमा डुबेर दुई बालकको मृत्यु

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली, २० जेठ । कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । नदीको पानीको सतह ब...
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा, २० असार । उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर...
क्षेत्रीय कार्यालयहरु खारेज हुँदै

क्षेत्रीय कार्यालयहरु खारेज हुँदै

काठमाडौँ, २० असार । नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कार्यालय खारेज गरेर प्रादेशिक कार्यालयमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । हाल विभाग अन्तर्गत रहेका निर्देशनालयहरु राखिएको छ । मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालयहरु यथावत् रहेका छन् । प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका ...
२०७५ असार २० गते बुधबार/आजको राशिफल

२०७५ असार २० गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २० गते। बुधबार। इश्वी सन् २०१८ जुलाई ४ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– षष्ठी, १९:३६ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम र व्यवसायबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन ...
धनकुटामा राष्ट्रपति खेलकुद महिला सहभागिता कार्यक्रम सुरु

धनकुटामा राष्ट्रपति खेलकुद महिला सहभागिता कार्यक्रम सुरु

धनकुटा, १९ असार । राष्ट्रपति खेलकुद महिला सहभागिता कार्यक्रम मंगलबारदेखि धनकुटामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै जिसस प्रमुख चुवानले नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा खुशी व्य...
महाभारतमा पहिरोका कारण सडक अवरुद्ध

महाभारतमा पहिरोका कारण सडक अवरुद्ध

साँगुरीगढी, १९ असार । अबिरल बर्षाका कारण झरेको पहिरोले सडक पुरेपछि महाभारत–भेडेटार ग्रामिण सडक अवरुद्ध भएको छ । चार दिनदेखिको बर्षाका कारण साँगुरिगढी–६ स्थित भेडेटार नजिकको जङ्गलमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरोले करिब एक सय मिटर सडक पुरिएको स्थानीय जगत राईले जानकारी दिए । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादित कृषिजन्य बस्तु निर्यात र दैनिक उपभोग्य बस्तु आयातमा समस्या भएको छ । किसानले ...
कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौँ, १९ असार । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जन...
विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा सात लाख नगदसहित पक्राउ

विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा सात लाख नगदसहित पक्राउ

काठमाडौँ, १९ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता म...
स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुने

स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुने

काठमाडौँ, १९ असार । नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ ।  काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्...
चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, १९ असार । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन गुरुयोजनामा समेटिएका आठ अन्तरदेशीय प्रसारण लाइनमध्ये भारतर्फक...
रुख ढलेर च्यापिँदा स्कूले बालिकाको मृत्यु

रुख ढलेर च्यापिँदा स्कूले बालिकाको मृत्यु

दमौली, तनहुँ, १९ असार । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् । उनीहर...
महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

गौशाला, १९ असार । महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् । ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु...
पहाडमा पहिरो, मधेसमा बाढी : दर्जनको मृत्यु

पहाडमा पहिरो, मधेसमा बाढी : दर्जनको मृत्यु

काठमाडौँ, १९ असार ।  अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ। तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ।  प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दा...
दुर्घटनामा परी ६ भारतीयको मृत्यु

दुर्घटनामा परी ६ भारतीयको मृत्यु

बिराटनगर, १९ असार ।  पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका...
भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

रुकुम, १९ असार । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरह...
error: Content is protected !!