काठमाडौँ, २२ साउन । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगार विभागको हिरासतमा परेका छन्।

Advertisement

नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका  संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्।

विश्वकर्मा पर्वतका हुन्। उनीमाथि कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको अाराेप लागेकाे छ ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवा स्थायी घर भएका विश्वकर्माले कुश्मा नगरपालिका ४ का सञ्जय जोशी र ५ का ज्ञानेन्द्रबहादुर जोशीसँग पटक पटक गरी रकम लिएको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले पक्राउ गरेको खबर अाजकाे नेपाल समाचारपत्र दैनिकमा छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!