काठमाडौँ, २२ साउन । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्ने कोसिस गर्नुस् बरु गाउँकै घरमा गइजाउँला।’

उनी एकोहोरो बोलिरहेकी थिइन्, ‘कोही बचाउन आउँछन् कि अलि जोडले कराउनुस् है, ढिला भए मरिन्छ फेरि।’

पहिरोले घर पुरिँदा चेपिएर आधा घन्टासम्म जीवितै भए पनि उद्धारको अभावमा ज्यान गुमाएकी भेरी नगरपालिका ६ गंगटियाकी सितलाले आफू जीवित रहँदासम्म तीन छोरी र श्रीमान्को मात्रै चिन्ता गरिरहेकी थिइन्। सितलाले जति बोले पनि भत्किएको कोठाको कुनामा काठले चेपिएका लालबहादुरले घाइते श्रीमतीको कुरा सुन्नबाहेक केही गर्न सकेनन्। श्रीमतीको पीडायुक्त बोली मिसिएको सुनेर गाउँलेसँग गुहार माग्न धेरै कोसिस गरे उनले तर गाउँलेको कानमा आवाज पुग्न नपाउँदै सितलाले उनकै काखमा प्राण त्यागिसकेकी थिइन्।

१० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो।

पुरिएको एक घन्टापछि उद्धार गरिएका लालबहादुरले आधा घन्टासम्म गुहार मागिरहेकी श्रीमतीलाई बचाउन नसकेकोमा निकै पछुतो लागेको बताए। उनले पहिरोमा आफ्ना पूरै परिवार पुरिनुअघि श्रीमती र छोरीहरुसँग भएको कुरा सम्झँदै भने, ‘हिजो (शनिबार) नै त्यस ठाउँबाट डेरा सार्ने कुरा थियो तर पानी परेर डिस्टप ग-यो।’

उपचारका लागि जिल्ला अस्पताल पु¥याइएका लालबहादुरले घटना हुनुअघि बिहान ७ बजेतिर श्रीमतीसँग भएको कुराकानी सुनाउँदै भने, ‘पानी धेरै पर्न लाग्यो। अब पर बाग्लुङ होटेलनजिकैको घरमा डेरा सार्नुपर्छ अनि एक महिनापछि गाउँमै गएर बस्ने हो। यहाँ धेरै कमाइ होला जस्तो छैन।’ स्कुल जाने दुई छोरी र मजदुरी गर्न जाने श्रीमान्का लागि खाना पकाइरहेकी सितलाले लालबहादुरको कुरामा सहमति जनाउँदै भनेकी थिइन्, ‘हामी चार आमाछोरी गाउँकै घरमा गएर बसौंला तपाईं कतै अलि धेरै कमाइ हुने ठाउँमा जानुहोला।’

१० वर्षअघि प्रेम विवाह गरेका लालबहादुर र सितलाको जोडी आइतबारको पहिरोका कारण सधैंका लागि छुट्यो। भविष्यमा धेरै पढेर स्कुलमा पढाउने जागिर खाने लालबहादुरकी जेठी छोरी भगवती विक र डाक्टर बन्ने रञ्जनाको सपना पनि पहिरोसँगै पुरियो। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!