काठमाडौँ, २२ साउन । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ ।

Advertisement

आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो ।

घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् ।

किनकि, अपहरण र हत्यापछि बालकको शव खाल्डोमा पुरेर उनीहरू आफ्नो डेरामा पुगेका छन् र लुगा धोएर रेलिङमा सुकाएर सुतेका छन् ।

त्यति मात्र होइन, बालककी आमालाई समेत फोन गरेर फिरौती मागेका छन् ।

यति गरिसकेपछि पनि आफ्नै कोठामा सुत्ने उनीहरू अपराधी नै भए पनि पेसेवर होइनन् । तर, प्रहरीले लास देखाउँदा उनीहरूको हातमा पेस्तोल छ ।

प्रहरीलाई फायरिङ गर्दै जंगल–जंगल भागेकाले जवाफी कारबाहीमा मारिएको भनिएको छ । गोलीले शरीर क्षतविक्षत हुँदा पनि हातमा पेस्तोल छुटेको छैन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!