फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो
काठमाडौँ, २२ साउन । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ ।
कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बत...





























