इटहरी, २२ साउन । स्थानीय झरना खोलामा डुबेर आज एकै परिवारका दुई बालबालिका बेपत्ता भएका छन् ।

सुनसरी रामधुनी नगरपालिका–५ स्थित सुनसरी मोरङ सिँचाइ नहरको उत्तरपट्टिको डिलमा घर भएका दिनेश खड्काको ९ वर्षीय छोरा अश्विन र ११ वर्षीया छोरी सिर्जना बिहान घरमा खाना खाएर भाँडावर्तन धुने क्रममा खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

सुनसरी मोरङ सिँचाइ आयोजनाको मूल नहर मुनिबाट बग्ने स्थानीय झरना खोलाको गहिरो भागमा बेपता भएका ती बालबालिकाको हुन सक्ने अनुमानका आधारमा प्रहरीले खोजी कार्यलाई तिव्रता दिएको छ ।

नहरको दक्षिणतिरको भागमा पनि उनीहरुको खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

दुबै बालबालिकाको खोजी कार्यमा ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय पौडीवाज र गोताखोर परिचालन भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!