झापामा विद्युत सर्ट भएर आगलागी, २० लाखको क्षति
दमक, २८ साउन । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ ।
दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।
आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । आगलागी प्रहरी, स्थानीय बा...































