१८ औँ एशियन गेम्स: नेपाल जापानसँग भिड्दै

१८ औँ एशियन गेम्स: नेपाल जापानसँग भिड्दै

काठमाडौँ, २९ साउन । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहे...
दक्षिण एशियामा ला लिगाका खेलहरु फेसबुकबाट मात्र हेर्न मिल्ने

दक्षिण एशियामा ला लिगाका खेलहरु फेसबुकबाट मात्र हेर्न मिल्ने

काठमाडौँ, २९ असार । ला लिगा विश्वका चर्चित फुटबल लिगहरुमध्ये एक हो । यस अघिको ला लिगा सिजनका खेलहरु देखाउने अधिकार सोनी पिक्चर्स नेटवर्कसँग थियो । तर फेसबुकले आगामी तीन सिजनका ला लिगाका प्रत्येक खेलहरु आफूले मात्रै देखाउन पाउने गरि सम्झौता गरेसँगै अब यसलाई टिभीमा हेर्न नमिल्ने भएको छ ।   ला लिगा आगामी शुक्रबारदेखि सुरु हुँदैछ । यस प्रणारण अधिकारले भारत, अफगानीस्तान, बङ्लादेश, भुटान, नेपा...
विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, २९ साउन । लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्की...
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि नै खस्केको थियो । टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान ...
बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

बन्दले धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा, २९ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । शिक्षण संस्था, कलकारखाना, बजार पसल आंसिक मात्र खुलेका छन् । प्रहरीले पक्राउ गरेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता कार्यकर्तालाई विनाशर्त रि...
नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट ४९ हजार बिरामीको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, २९ साउन । विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले गत आर्थिक बर्ष २०७४/०७५ मा स्वास्थ्य शिविरमार्फत ४९ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ साउनदेखि २०७५ असारसम्म एक बर्षको अवधिमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी गत आर्थिक बर्षमा पूर्वी न...
संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभाको चित्लाङमा पहिरोको जोखिम

संखुवासभा, २९ साउन । चैैनपुर नगरपालिका–२ चित्लाङमा लगातार पहिरो गइरहेको छ । अविरल वर्षापछि यहाँ चार परिवार पहिरोको उच्च जोखिममा छन् । केही समय अघि डोजर प्रयोग गरी सडक खनेपछि यहाँ लगातार पहिरो जान थालेको हो । स्थानीयवासी घनश्याम गौतम, हरिनारायण गौतम, हेमलाल गौतम र दिनेश गौतमको घर पहिरोले पुरिने डर छ । स्थानीय भगवती माविका प्रधानाध्यापक माधवप्रसाद गौतमका अनुसार पहिरोका कारण चैनपुरस्थित बाल मन्द...
नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश

नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश

काठमाडौँ, २९ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खेलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् । ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविर...
जिल्ला कारागार तेह्रथुमका कैदीबन्दी बिचल्लीमा

जिल्ला कारागार तेह्रथुमका कैदीबन्दी बिचल्लीमा

तेह्रथुम, २९ साउन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिए । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उनले भने...
हाडनाता करणीमा दोषीलाई जन्मकैद

हाडनाता करणीमा दोषीलाई जन्मकैद

काठमाडौं, २९ साउन । नयाँ कानुनले हाडनाता करणीमा अपराधीलाई जन्मकैदको व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैद हुनेछ। त्यसैगरी ‘सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी, पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैया...
बीचमा रुख, वरिपरि कालोपत्रे, ज्यान धरापमा

बीचमा रुख, वरिपरि कालोपत्रे, ज्यान धरापमा

धनगढी, २९ साउन । कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ। तर धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन् । जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन्। तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१/७२ मा धनगढीको देवहर...
भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्धारा निस्क्रिय

भक्तपुरमा फेला परेको बम नेपाली सेनाद्धारा निस्क्रिय

भक्तपुर, २९ साउन ।  सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो । दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी पर...
खसीबोकामा समेत कर !

खसीबोकामा समेत कर !

काठमाडौं, २९ साउन । कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ ...
जबरजस्ती तस्वीर खिचे २ बर्षसम्म कैद

जबरजस्ती तस्वीर खिचे २ बर्षसम्म कैद

काठमाडौं, २९ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमको विकृत रुपको तस्वीर बनाएमा वा प्रकाशन गरेमा दुई वर्ष कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी ऐनमा गोपनीयताविरुद्धको कसुरमा अनुमतिविना कुनै पनि व्यक्तिको तस्वीर खिच...
पत्नीकाे स्वीकृत बिना जबर्जस्ती करणी गरे ५ वर्ष जेल

पत्नीकाे स्वीकृत बिना जबर्जस्ती करणी गरे ५ वर्ष जेल

काठमाडौं, २९ साउन ।  भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ। ...
२०७५ साउन २९ गते मंगलबार/आजको राशिफल

२०७५ साउन २९ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २९ गते। मंगलबार। इश्वी सन् २०१८ अगस्ट १४ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– तृतीया, ९:१५ बजेउप्रान्त चतुर्थी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परा...
काँग्रेसको प्रदेश नं १ सचेतकमा सूर्यमाराज राई नियुक्त

काँग्रेसको प्रदेश नं १ सचेतकमा सूर्यमाराज राई नियुक्त

विराटनगर, २८ साउन । नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा आज नियुक्त गरेका हुन । राई मोरङ क्षेत्र नं ३ क बाट प्रत्यक्ष निर्वाचित भएका हुन । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गरे ।
साफ यू–१५ महिला फूटबल: नेपाल सेमिफाइलमा

साफ यू–१५ महिला फूटबल: नेपाल सेमिफाइलमा

काठमाडौँ, २८ साउन । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ । भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय (४६औँ मिनेट)मा तोहुरा खातुनले गोल गरिन् । त्यस्तै ५१औँ मिनेटमा म...
धनकुटाको साँगुरीगढीमा घर जलेर नष्ट हुँदा ९ लाख क्षति

धनकुटाको साँगुरीगढीमा घर जलेर नष्ट हुँदा ९ लाख क्षति

धनकुटा, २८ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ भञ्ज्याङ्गमा आज एउटा घर जलेर नष्ट भएको छ । स्थानीय कुलबहादुर राईको घर जलेर नष्ट हुँदा ९ लाख ५ हजार वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले जानकारी दिए । आगलागीका कारण घरमा रहेका सामाग्री, लत्ताकपडा लगायत सम्पूर्ण जलेर नष्ट भएको छ । राई परिवार काठमाण्डौं बस्दै आएकाले घरमा कोहि नभएको वेला आगो ल...
धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा मोडल अस्पतालले सनराइज बैंकका ग्राहकलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

धनकुटा, २८ साउन । सनराइज बैैंकमा बचत खाता खोल्ने ग्राहकहरुले धनकुटा मोडल अस्पतालमा स्वास्थ्य उपचार गराउदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सनराइज बैंक धनकुटा शाखा र धनकुटा मोडल अस्पतालबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएपछि ग्राहकहरुले सहुलियतमा उपचार गराउँन पाउँने भएका हुन् । सनराइज बैंक धनकुटा शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारी र धनकुटा मोडल अस्पतालका डाक्टर रोशन झाले सोमबार सम्झौता...
विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, २८ साउन । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी गराए । आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह...
श्रीमान् विदेशबाट नफर्किएपछी ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद

श्रीमान् विदेशबाट नफर्किएपछी ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद

गुल्मी, २८ साउन । गुल्मीकी एक महिलाले  विदेश गएका श्रीमान घर आउँन ढिला गरेपछि ससुराबाटै १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् । आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६ कुर्घाका ३५ वर्षिया राजु गौतमी श्रीमती  अनिता (नाम परिर्वतन ) ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी हुन् । अदालतले उनको विवरण गोप्य राख्न आग्रह गरेको छ । विदेशब...
मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा

मलेसिया, २८ साउन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर हुनुहुन्छ । एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म...
अबदेखि सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

अबदेखि सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

काठमाडौँ, २८ साउन । अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै का...
काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिश्वरुप ३८ लाख रुख रोप्नुपर्ने

काठमाडौँ–तराई द्रुतमार्गमा क्षतिपूर्तिश्वरुप ३८ लाख रुख रोप्नुपर्ने

काठमाडौँ, २८ साउन । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजना अन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा इआइए को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ नयाँ रुख रोप्नुपर्ने हुन्छ । कटान गरिने रुखको क्षतिपूर्ति भर्न खाली स्थानमा एक रुख बराबर २५...
साफ च्याम्पियनसीप महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

साफ च्याम्पियनसीप महिला फुटबल : नेपाल आज बङ्गलादेशसँग भिड्दै

काठमाडौँ, २६ साउन । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ । खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको ...
निर्माण ढिलाई गर्ने डेढसय भन्दा बढी कम्पनी कारबाहीमा

निर्माण ढिलाई गर्ने डेढसय भन्दा बढी कम्पनी कारबाहीमा

विराटनगर, २८ साउन । सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिए । सडक निर्माणका क्रममा ठ...
तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीलाई वार्षिक २५ हजार उपचार खर्च दिने

तेह्रथुम, २८ साउन । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु पाँच हजारदेखि २५ हजार सम्म उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । साविकका हमरजुङ, आङिदम, फाक्चामारा, पञ्चकञ्या, ओख्रे र...
आधारभूत स्वास्थ्य सेवा नपाए ५० हजार जरिवाना

आधारभूत स्वास्थ्य सेवा नपाए ५० हजार जरिवाना

काठमाडौं । स्वास्थ्य सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्नको लागि सरकारले तयार पारेको ‘राष्ट्रिय स्वास्थ्य ऐन २०७५’ को विधेयक मस्यौदाले आधारभूत सेवा नपाएमा क्षतिपूर्ति बापत ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । बिरामीले स्वास्थ्य सेवा नपाएको खण्डमा उनिहरुले क्षतिपूर्ती माग दाबी गर्न पाउने व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्रालयले तयार पारेका विधेयक संसदबाट पारीत भए संविधानको धारा ३५ अन्तर्गत...
कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग

सुर्खेत, २८ साउन । गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सातवटै जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालय...
सिरियाको हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

सिरियाको हतियार भण्डारमा विस्फोट हुँदा ३९ सर्वसाधारणको मृत्यु

बेरुत, लेबनान । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा एउटा हतियार भण्डारण केन्द्रमा आइतबार विस्फोट हुँदा १२ बालबालिकासहित ३९ जनाको मृत्यु भएको सिरिया युद्ध अनुगमन अधिकारीले बताएका छन् । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकारी निकायले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको जनाएको छ । इदलिबको सर्मादा शहरमा भएको विष्फोटको कारण समाचार तयार पार...
error: Content is protected !!