काठमाडौँ, २७ साउन । महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ ।

Advertisement

वृत्तको टोलीले आज साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेश बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिए ।

मल्लले पक्राउ परेकाले कहाँबाट ठूलो परिमाणमा चरेश ओसारपसार भइरहेको छ भन्नेबारेमा अनुसन्धान भइरहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!