लहानमा दुर्घटनामा दुईको मृत्यु

लहानमा दुर्घटनामा दुईको मृत्यु

लहान, २९ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–...
रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया

चितवन, २९ फागुन । धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र...
सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिए

सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिए

एजेन्सी । लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्ष‍ित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारणसमेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हिट फिल्मसमेत दिएका थिए । अभिसेक भ्रमनद्वारा निर्देशित फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे सन्जय दत्तलाई सोध्दा माधुरी मेमसँग काम गर्न पाउनु...
काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौंको भूमिगत पानी रित्तिँदै

काठमाडौँ । काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन ...
वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थि...
भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

भीड हुने कार्यालयमा अख्तियारका कर्मचारी

काठमाडौँ, २९ फागुन । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ । आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।” विशेष गरी याता...
सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

सरकारले विप्लव चन्द नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने

काठमाडौँ, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनी...
२०७५  फाल्गुण २९ गते  बुधवार/आजको राशिफल

२०७५ फाल्गुण २९ गते बुधवार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । सुखद् यात्राको योग छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमणीय र सुखद यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन...
ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते

ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते

ओखलढुंगा, २८ फागुन । ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते भएकी छन् । मानेभज्याङ गाउँपालिका १ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाईबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई गम्भीर घाइते भएकी हुन् । आइतबार बेलुका मादक पदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी बिबाद हुदाँ श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्...
यस्ता समस्याहरु निम्तिन्छ दिउँसो सुत्ने बानीले

यस्ता समस्याहरु निम्तिन्छ दिउँसो सुत्ने बानीले

काठमाडौँ । प्रायः व्यक्तिको दिउसो सुत्ने बानी हुने गर्दछ । त्यसैले मानिस दिउसो फ्री भएको समय सुतिदिहाल्छन् । तर दिसोको समय सुत्नु फाईदा हुँदैन । धेरै बेफाईदा छ दिउसो सुत्नुमा । बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ । युनिभर्सिटी अफ टोक्योका अन...
झापामा हात्तीको आक्रमणले एकको मृत्यु

झापामा हात्तीको आक्रमणले एकको मृत्यु

भद्रपुर, २८ फागुन । जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्य...
मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा छलफल : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा छलफल : अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री द...
साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको  विजयी सुरुवात

साफ च्याम्पियनशीपः भूटानलाई ३–० ले हराउँदै नेपालको विजयी सुरुवात

विराटनगर, २८ फागुन । विराटनगरमा आजदेखि सुरु भएको साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा नेपालले विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा आयोजक नेपालले पाहुना भूटानलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै बललाई नियन्त्रणमा राखेको नेपालले पहिलो गोल गर्न भने १३ औं मिनेटसम्म कुर्नु परेको थियो । खेलको पहिलो मिनेटमा नै अग्रता लिने महत्वपूर्...
ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण

दार्चुला, २८ फागुन । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थि...
उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपतिले गरे अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर प्रशंसा गरेका छन् । सोमवार काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा कडा सुरक्षाका बीच श्रीमतीसँग पुगेका उनले फिल्मको कथा र कलाकारहरुको अभिनय मन परेको बताए । उनले युवापिढी र राष्ट्रवादीहरुलाई फिल्म हेर्न पनि आग्रह गरे । फिल्म हेरिसकेपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- 'एकदमै राम्रो लाग्यो फिल्म । सबै नेप...
आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

आलियाले गरिन् रिजेक्ट एनटीआर र रामचरणको फिल्म

‘बाहुबली’ सिरिज फेम डाइरेक्टर एसएस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ का लागि लिड अभिनेत्रीको खोजी गरिरहेका छन् । फिल्ममा तीन अभिनेत्रीको लिड रोल रहनेछ । राजामौलीले अभिनेत्री आलिया भट्टलाई कास्ट गर्न योजना बनाएका छन् र उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार छन् । तर, अब चर्चा छ कि, आलियाले एकपछि अर्को फिल्ममा व्यस्त हुने भएका कारण 'बाहुबली' निर्देशकको फिल्म ‘आरआरआर’ अस्वीकार गरेकी छन् । ...
अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

अमेरिकाको एउटा सहरमा बाख्रो बन्यो मेयर

एजेन्सी  । मेरिकाको भर्मोन्टस्थित फेयर ह्याभेन सहरमा एउटा बाख्रालाई मेयर पदमा निर्वाचित गरिएको छ । ३ वर्षको लिंंकन नामक उक्त बाख्रोले शहरको मानार्थ मेयर पदमा चुनाव जितेको हो । फेयर ह्याभेन सहरमा कुनै पनि पाल्तु जनावरलाई मेयर बनाइएको यो पहिलो घटना हो । टाउन मिटिङ दिवसका अवसरमा बाख्रोलाई एक वर्षका लागि मेयर पदमा चुनिएको थियो । १६ वटा पाल्तु जनावरको बीचमा मेयर पदका लागि चुनाव गरिएको थियो । कुकुर...
‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौँ, २८ फागुन । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । सात महीनामा छापिँदा पन...
उदयपुर जिल्लाको बेलका नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रम

उदयपुर जिल्लाको बेलका नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रम

गाईघाट, २८ फागुन । उदयपुर जिल्लाको बेलका नगरपालिकाले पहिलोपटक नगरपालिकामा बृहत् सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिकाभित्रका जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको सेवाको अनुभूति गराउन र लोककल्याणकारी सेवा प्रदान हुने गरी विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरभित्रको जुनसुकै उमेरका नागरिक भएपनि कुनै बिरामी भएर उपचार गर्नु परेमा सामान्य बिरामीको उ...
ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

ब्राजिलमा बाढी र पहिरोमा परी एघारको मृत्यु

साओ पाउलो, २८ फागुन । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आइतबार राती परेको भीषण वर्षापछि पाँच व्यक्ति डुबेर मरेका र अन्य छ सो वर्षापछि गएको पहिरो परी मारिएका सरकारी स्रोतले जानकारी दिएको छ । भारी वर्षाको कारण साओ पाउलोमा एक शहरबाट अर्को शहरमा जा...
गाईमा भ्रुण प्रत्यारोपण

गाईमा भ्रुण प्रत्यारोपण

चितवन, २८ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण ...
प्रदेश नं–१ को प्रदेशसभा बैठक

प्रदेश नं–१ को प्रदेशसभा बैठक

विराटनगर, २८ फागुन । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पायो । प्रदेश नं–१ को प्रदेशसभा नियमावली २०७४ को नियम ९३(२) बमोजिम सो विधेयकमा प्रदेशसभा सदस्यहरु केदार कार्कीले सहकारी नहुनेलाई हुने बनाउनेतर्फ केन्द्रित रहनुपर्छ भन्दै यो विधेयकमा अझ विचार परिस्कृत गरिनुपर्ने कुरामा जोड दिनुभयो । सदस्य जयराम यादवले सहकारी देश निर्माणको मे...
जन्ती बस दुर्घटनामा दुईको मृत्यु

जन्ती बस दुर्घटनामा दुईको मृत्यु

हेटौँडा, २८ फागुन । मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएक...
सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुरद्वारा बोइङ ७३७ म्याक्स उडान स्थगित

सिंगापुर, २८ फागुन । सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ । यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना या...
करीब चार हजार युवालाई रोजगार बनाइँदै

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधि...
घरबाटै पानी बोकेर विद्यालयमा

घरबाटै पानी बोकेर विद्यालयमा

खलङ्गा, २८ फागुन । यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो । भोगौलिक हिसाबले दुर्गम भएका का...
साँढे काटेको अभियोगमा मुद्दा

साँढे काटेको अभियोगमा मुद्दा

गौशाला, २८ फागुन ।  महोत्तरी जिल्लामा पहिलो पटक साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अभियोगमा उनलाई प्रहरीले प्रक्राउ गरी उनीमाथि अङ्गभङ...
‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

‘वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ’: देउवा

पोखरा, २८ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवा...
नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

नोबेलका बिद्यार्थीको खेलकुद उत्सव सम्पन्न (भिडियोसहित)

विराटनगर, २८ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यसबर्ष ८ दिनसम्म सञ्चालन गरिएको हो । फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबल तर्फ एमवीवीएस ...
१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

१२ वर्ष नपुग्दै आमा बनेकी बालिकाको अवस्था नाजुक

बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन...
इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

इनारमा पुरिएका माझीको एक दिनपछि शव निकालियो

काठमाडौँ, २८ फागुन । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प...
error: Content is protected !!