- - ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Advertisement

नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । सुखद् यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

रमणीय र सुखद यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमीको सहयोग प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा दुविधा उत्पन्न होला । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आलस्य र थकानको अनुभूति हुनेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । साँझमा केही लाभमूलक काम हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!