ओखलढुंगा, २८ फागुन । ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमती गभ्मीर घाइते भएकी छन् । मानेभज्याङ गाउँपालिका १ मोलीका २७ वर्षीय भविमान सिंह रुम्दालीको कुटाईबाट उनका श्रीमती २९ वर्षीया निर्मला राई गम्भीर घाइते भएकी हुन् ।

आइतबार बेलुका मादक पदार्थ सेवन गरी आएका रुम्दालीले सामान्य घरायसी बिबाद हुदाँ श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

श्रीमानको कुटाईबाट निर्मलाको हात, अनुहार, ढाड तथा खुट्टामा गहिरो चोट लागेको छ । उनको हाल ओखलढुंगा सामूदायीक अस्पतालमा उपचार भइरहेकाले उनको अवस्था सामान्य हुदै गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।

घटनापछि रुम्दालीलाई प्रहरीले पक्राउ गरेको छ । रुम्दाली पक्राउ परे लगत्तै पुनः मंगलबार (आज) जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उनीमाथि महिला हिंसा विरुद्धको उजुरी दर्ता भएको छ । अहिले पीडक रुम्दालीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुका ७ वर्ष र तीन वर्षका दुई छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!