तीनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

तीनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

हुम्ला, ३० फागुन । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी दि...
पोखरामा बन्दको प्रभाव

पोखरामा बन्दको प्रभाव

पोखरा, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरामा प्रभाव परेको छ । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् । बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङ...
कैलालीमा आगजनी र ताेडफाेड

कैलालीमा आगजनी र ताेडफाेड

 कैलाली, ३० फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिडेका बसहरुलाई रोक्दै गरेका ३ जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लि...
राउटे चेक साट्न बैंकमा

राउटे चेक साट्न बैंकमा

दुल्लु, ३० फागुन । सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थि...
जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

जनतासँगै श्रमदानमा खटिँदै जनप्रतिनिधि

गलेश्वर, ३० फागुन । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफैँ अगुवा बनेर उदाहरणीय काम गरेका छन् । आफ्नो पेशा व्यावसाय र घरायसी कामलाई समेत त्यागेर अनरवत जनताको काममा लाग्ने र आफैँ ज्यामी मजदुर बनेर जनतासँगै काममा खटिने जनप्रतिनिधि पनि म्याग्दीमा छन् । जिल्ला...
धनकुटामा लिम्बुवानले देखायो मन्त्री आङ्वोलाई कालो झण्डा, ११ जना पक्राउ

धनकुटामा लिम्बुवानले देखायो मन्त्री आङ्वोलाई कालो झण्डा, ११ जना पक्राउ

धनकुटा, ३० फागुन । धनकुटाको राजारानीमा प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवानका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउँँने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबारदेखि सुरु भएको किरात याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका मन्त्री आङ्वोलाई ‘लिम्बुवान विरोधी’ भन्दै उनीहरुले कालो झण्डा देखाएका थिए । सोहि क्रममा लिम्बुवानका इक्साहाङ चेम्जोङ, संगम सुहाङ...
रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

बेझाड, ३० फागुन । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिल...
जागिर खाने ? आउनुस् पढ्न  एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन  उल्टै पाइन्छ

जागिर खाने ? आउनुस् पढ्न एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन उल्टै पाइन्छ

प्युठान । एउटा यस्तो कक्षा, आफूले एक रुपैयाँ तिर्नु पर्दैन । उल्टै पाइन्छ– पाठ्यपुस्तक किन्न तीन हजार रुपैयाँ । परीक्षा दिन जाँदासमेत आतेजाते खर्च पाइनेछ । र, दैनिक ५० रुपैयाँ खाजा खर्च पनि । यो सरकारी सेवा तयारी कक्षा हो, गौमुखी गाउँपालिकाले चलाउन लागेको । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा चलाउन लागेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी...
सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

सामूहिक राजीनामा दिने तयारीमा सरकारी चिकित्सक

काठमाडौँ । आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् ।पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए । यो खबर आजको गोरखापत्र दैनिकमा छ...
एकै दिन २१३ स्थानमा डढेलो

एकै दिन २१३ स्थानमा डढेलो

काठमाडौं । लामो खडेरी, उच्च वेगको हावाहुरीलगायतका कारण दिनहुँ सयौंको संख्यामा डढेलो लागिरहेको छ । बुधबार मुलुकभरका २ सय १३ स्थानमा डढेलो लागेको थियो । नेपालमा सामान्यतया फागुनदेखि जेठसम्म डढेलो लाग्ने गर्छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको बुधबार नै भएको वन डढेलो व्यवस्थापन च्याप्टरले जनाएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार बुधबार यति धेरै स्थानमा डढेलो लागेको तथ्यांक सार्वजनिक भए...
यस्तो छ बेतना सिमसार (भिडियो)

यस्तो छ बेतना सिमसार (भिडियो)

मोरङ, ३० फागुन । मोरङको बेलवारी स्थित बेतना सिमसारमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिमसार क्षेत्र अवलोकनका लागि सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । पर्यटकसँगै पिकनिक खानेहरुको पनि सिमसार क्षेत्रमा घुँईचो लाग्ने गर्छ । सिमसार क्षेत्रमा जनावर तथा चराहरु पनि राखिएको छ । निलगाई, बाह्रसिंगे, वाँदर, चिल, अजिङ्गर लगायतलाई संरक्षण गरी अवलोकनका लागि राखिएको छ । हेर्नुहोस् भिडियो...
२०७५ फागुन ३० गते बिहीबार/आजको राशिफल

२०७५ फागुन ३० गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल फागुन ३० गते। बिहीबार। इश्वी सन् २०१९ मार्च १४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प...
निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीबिरुद्ध ३५ दिने वारेन्ट जारी

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीबिरुद्ध ३५ दिने वारेन्ट जारी

काठमाडौँ, २९ फागुन । कञ्चनपुर जिल्ला अदालतले निर्मला हत्या प्रकरण अनुसन्धानमा लापरवाही गर्ने दुई प्रहरी अधिकृत तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा ३५ दिने वारेन्ट जारी गरेको छ । बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्त हत्या अनुशन्धानका क्रममा प्रमाण नष्ट गरेकाे भनी निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले दिएको उजुरीका आधारमा मुद्दा दर...
सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

सरकार–सीके रावत सम्झौताको साझा व्याख्या आवश्यक : काङ्ग्रेस

काठमाडौँ, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच हालै भएको ११ बुँदे सहमतिको तत्काल दुवै पक्षबाट साझा व्याख्या गर्न माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सहमतिको पहिलो बुँदाले पृथकतावादी बाटोमा हिँडेका व्यक्ति र समूहलाई मुलुकको अखण्डता स्वीकारेर मूलधारमा आउन सहमत गराएको सन्देश दिएको भन्दै स्वागतयोग्य भनेको छ । तर बुँदा न...
उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

उत्पादन भएजति सबै विद्युत् सरकारले किन्ने

काठमाडौँ, २९ फागुन । सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने...
प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध मुद्दा दायर

प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत घिमिरेले माध्यामिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय बाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरक...
जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय

काठमाडौं । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् । गोलभेडाको जुस एक चिम्टी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् । ...
मलेसियामा अलपत्र नेपालीको उद्धार

मलेसियामा अलपत्र नेपालीको उद्धार

काठमाडौँ, २९ फागुन । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन...
दुई विधेयक पारित, दुई विधेयक समितिमा

दुई विधेयक पारित, दुई विधेयक समितिमा

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ...
सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो

बीबीसी । के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्यसमा खालि अक्षर र लिङ्क थियो। अनि थिए केही झुक्किनेखालका मेनु। तर त्यहि सानो प्रयासबाट आज डब्ल्युडब्ल्युडब्ल्युले ठूलो फड्को मारेको छ। विकिपिडिया, फेसबुक, गुगल र अनगिन्ती अन्य इन्टरनेटका पानाह...
इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए सलमान खानसँग अनुमती

इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए सलमान खानसँग अनुमती

बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म उनको फिल्म इदमा नै रिलिज भएको छ । यसैबीच सन् २०१३ मा उनका साथी शाहरुख खानको चेन्नई एक्सप्रेस इदमा रिलिज भयो । रोचक कुरा के छ भने इदको मौकामा सलमानसँग बक्स अफिसमा प्रतिस्पर्धा गर्न कोही पनि तयार हुँदैनन्...
झापा दमकको दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक

झापा दमकको दृश्यावलोकनस्तम्भ पूर्वी नेपालकै रौनक

उर्लाबारी, २९ फागुन । झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन । बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान...
पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो

खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन ...
देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

दैलेख, २९ फागुन ।  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हुँदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्नुहुन्छ, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छौँ, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो । आफू...
जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

टोकियो, २९ फागुन । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन...
राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख महराले बोल्न समय दिएपछि राजपाका नेता राजकिशोर यादवले मधेश र थरुहट आन्दोलनका घटनाका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र ला...
महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

महिलाका जुत्ता सुँघेर यौन आनन्द लिने अनौठो व्यक्ति

एजेन्सी । मानिसका मनोरोग तथा शौखहरु पनि कस्ता–कस्ता ! जापानका माकोटो इन्डो नामका एकजना व्यक्ति महिलाका ७० जोर जुत्ताचप्पल चोरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्तिले महिलाका जुत्ता चप्पल चोर्नुको कारणचाहिँ अनौठो रहेछ । वास्तवमा उनले यौन आनन्द प्राप्त गर्नका लागि महिलाका जुत्ता चोर्दा रहेछन् । जापानको पूर्वी सहर साइतामा र तोचिगीमा उनले महिलाका चप्पल चोरेका हुन् । महिलाले लगाएर मैलो भएका जुत्त...
ट्रकको ठक्करले एक युवतीको मृत्यु

ट्रकको ठक्करले एक युवतीको मृत्यु

दमौली, २९ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रतिक्षा भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४८५६ नं को ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प १८५६ नं को स्कुटरलाई म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्कर...
मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची, २९ फागुन । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा मजदूरी ...
फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसरी भयो ?

फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसरी भयो ?

काठमाडौं । फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शव्द‘हेल्लो’ को सुरुवात कसले गर्यो होला ? किन अभिवादनका अन्य शव्दहरु हुँदाहुँदै पनि हेल्लो शव्दकै प्रयोग गरिन्छ होला टेलिफोन संवादमा ? वास्तवमा हेल्लो शब्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो । यो शव्द अहिले सायद विश्वको सबैभन्दा साझा शव्द बनेको छ र विश्वका धेरै भाषाले यो शव्दलाई स्वीकारेका छन् । सन् १९७३ को नोभे...
सिरहाको लहान नगरपालिकामा आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति

सिरहाको लहान नगरपालिकामा आगलागीमा रु १५ लाख मूल्य बराबरको क्षति

लहान, २९ फागुन । बिहेमा खाना पकाउँदै गर्दा ग्यास सिलिण्डर पड्केर सिरहाको लहान नगरपालिकामा गएराति आगलागी हुँदा करीब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । लहान नगरपालिका २२ गम्हरिया निवासी राधेश्याम चौधरीको घरमा बिहे भोज बनाइरहँदा अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दि...
error: Content is protected !!