‘बाहुबली’ सिरिज फेम डाइरेक्टर एसएस राजामौली अहिले आफ्नो नयाँ फिल्म ‘आरआरआर’ का लागि लिड अभिनेत्रीको खोजी गरिरहेका छन् । फिल्ममा तीन अभिनेत्रीको लिड रोल रहनेछ । राजामौलीले अभिनेत्री आलिया भट्टलाई कास्ट गर्न योजना बनाएका छन् र उनलाई महँगो पारिश्रमिक दिन पनि उनी तयार छन् ।

तर, अब चर्चा छ कि, आलियाले एकपछि अर्को फिल्ममा व्यस्त हुने भएका कारण ‘बाहुबली’ निर्देशकको फिल्म ‘आरआरआर’ अस्वीकार गरेकी छन् । उनको नयाँ फिल्मको सेड्युल निकै टाइट छ, जसका कारण उनले राजामौलीको फिल्म छाड्न बाध्य भएकी हुन् । अहिले उनको पाइपलाइनमा थुप्रै फिल्म छन् ।

आलियालाई अब ‘कलंक’ फिल्मको प्रमोसन गर्नुछ । यो फिल्म १९ अप्रिलमा रिलिज हुँदैछ । यसमा कलाकारको ठूलो झुण्ड छ । करण जोहर निर्मित यस फिल्मका निर्देशक अमिषेक वर्मन हुन् । यसपछि आलियाको पाइपलाइनमा ‘सडक २’ छ । मल्टिस्टारर फिल्म ‘तख्त’ पनि उनले गर्नै बाँकी छ । अश्विनी अय्यर तिवारीको एक फिल्म पनि उनको हातमा छ ।

‘बाहुबली २’ पछि ‘आरआरआर’ बनाउन लागेका राजामौलीलाई चाँडै तीन अभिनेत्री फाइनल गर्नुपर्ने छ । ३ सय करोडमा बन्ने फिल्ममा जूनियर एनटीआर र रामचरण तेजा मुख्य भूमिकामा छन् । यो फिल्मलाई सन् २०२० मा रिलिज गर्ने तयारी छ । फिल्म ६ भाषामा एकसाथ रिलिज हुनेछ । एक डाँकु र पुलिसको कथामा यो फिल्म बन्ने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!