एजेन्सी । लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारणसमेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हिट फिल्मसमेत दिएका थिए ।
अभिसेक भ्रमनद्वारा निर्देशित फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे सन्जय दत्तलाई सोध्दा माधुरी मेमसँग काम गर्न पाउनु मेरो सौभाग्य हो भन्दै फिल्मको पुरै टिमसँग काम गर्दा रमाइलो भएको बताएका छन् ।
उनीहरु दुवैले अन्तिम पटक १९९७ मा २२ वर्ष पहिले महानता फिल्मममा सँगै काम गरेका थिए । । दुवैले १९९८ मा फिल्म खतरो का खेलाडी, इलाका, साजन , खलनायक जस्ता फिल्ममा काम गरेका थिए । त्यती बेला उनीहरुको अफेयरको समेत निकै चर्चा चलेकाे थियाे ।
सन्जय दत्तको जिवनी लेखिएको किताब ‘संजय दत्त: द क्रेजी अनटोल्ड लव स्टोरी अफ बलीवुड बेड ब्वाय’ मा पनि उनीहरुको सम्बन्ध बारे लेखिएको छ । किताबमा सन्जय TADA मामिलामा जेल गएपछि उनीहरुको सम्बन्धमा दरार आएको र माधुरीको परिवार पहिलेदेखि नै यो सम्बन्धको विरुद्ध रहेकाे कुरा छ । एक्टर जेल गएपछि माधुरी पनि उनीबाट टाढै रहिन र अहिले लामो समयपछि आएर उनीहरु सँगै देखिएका छन् ।