अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल– भारतीय प्रम मोदी
नयाँदिल्ली, १३ चैत । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।
भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो ।
संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता र...































