काठमाडौं । आगामी आर्थिक वर्षको बजेट आफ्नो निर्वाचन क्षेत्रमा बढी पार्न शीर्ष नेताहरूले सक्रियता बढाएकाे खबर आजको राजधानी दैनिकले छापेको छ ।

Advertisement

समाचारकाे अनुसार प्रधानमन्त्रीदेखि नेकपाका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट पार्नका लागि विभिन्न योजना प्रस्ताव गरिरहेको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापामा सबैभन्दा बढी बजेट पार्न दबाब दिइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

उनले झापामा भ्यु टावर बनाउनेदेखि सडक निर्माण तथा आर्थिक विकासका विभिन्न योजना प्रस्ताव गरेका छन् । स्थानीय तहले गर्न सक्ने योजनालाई पनि संघीय सरकारको योजनाका रूपमा प्रस्ताव गरेर बढी बजेट पार्न खोजिएको नेकपाका सांसदहरूले आरोप लगाएका छन् ।

संसद्को विकास तथा प्रविधि समितिमा आगामी वर्षको विकास आयोजनाको विषयमा छलफल सुरु भएको छ । सांसदहरूले समितिमा सरकारले प्रस्ताव गर्न लागेको विकास आयोजनाको विषयमा आफ्नो धारणा राख्दा नेकपाका शीर्ष नेताको गृह जिल्लामा बढी बजेट पार्न खोजेको आरोप लगाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!