एजेन्सी ।  अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो ।

Advertisement

ट्वाइलेटमा मोबाइल लिएर जाने हो भने अत्यधिक धेरै ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिनेछन् । ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुन सक्दैनौँ । यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् ।

झन् सार्वजनिक शौचालयहरुमा जसले मोबाइल प्रयोग गर्छ, उसलाई धेरै समस्या देखिने निश्चित हुन्छ । अर्कोतिर हामीले मोबाइल प्रयोग गरिरहँदा मोबाइल तात्ने भएकाले ब्याक्टेरियाहरुलाई त्यहाँ सहज वातावरण हुन्छ जुन पछि हामीलाई समस्या बन्छन् ।

त्यसैले ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी जति सक्दो छिटो छोडेको नै राम्रो हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!