धनकुटामा भेटियो वेवारिसे शव

धनकुटामा भेटियो वेवारिसे शव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरुण नदीको किनारमा आज एक पुरुषको वेवारिसे शव फेला परेको छ । अपरान्ह करिब ४ बजे नदीको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । गोरो वर्ण, पातलो शरीर, छोटो कपाल, रातो रंगको हाफ भेष्ट र कालो रंगको हाफ पेन्ट लगाएको मंगोलीयन अनुहार भएको करिब ५.५ ईन्च उचाईको अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कील...
मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडको नसा च्यापिएको समस्याको सफल शल्यक्रिया

मोफसलमै पहिलो पटक नोबेलमा दुरविनबाट गरियो ढाडको नसा च्यापिएको समस्याको सफल शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलील...
वीपी प्रतिष्ठानमा उदयपुरका २८ बर्षीय कोराना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठानमा उदयपुरका २८ बर्षीय कोराना संक्रमितको मृत्यु

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचाररत उदयपुरको गाईघाटका २८ बर्षीय पुरुषको मृत्यु भएको हो । माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहिबार राती उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए । मृतकले कोरोना भ...
धरानबाट लागुऔषधसहित चार जना पक्राउ

धरानबाट लागुऔषधसहित चार जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१४ बाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धरान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी छन् । ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि ...
अजम्बरीले जित्यो सहिदकपको उपाधि

अजम्बरीले जित्यो सहिदकपको उपाधि

धनकुटा । साँगुरीगढीको फेदीस्थित अजम्बरी युवा क्लबले सहिदभूमि गाँउपालिका–१ सफाईटार लामेचौरमा सञ्चालित नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नाम्जे युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लवले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै अजम्बरी युवा क्लबले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उप–विजेता नाम्जे युवा क्लबले ५० हजारमा चित्त बुझा...
२०७८ माघ २१ गते शुक्रवारको राशिफल

२०७८ माघ २१ गते शुक्रवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ४ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल तृतीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल तृतीया तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः४८ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शु...
चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूकोे गत असोजमा मृत्यु भयो । मृत्यु भएको चार महिना वितिसक्दासम्म पनि अझै उनको शव नेपाल आइपुगेको छैन । महिनौंसम्म पनि शव नआइपुगेपछि शव नेपाल ल्याउँन पहल गरिदिन रामकुमारको परिवारका सदस्यले अपिल गरेका छन् । मृतक रामकुमारकी श्रीमति विष्णुमायाले श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरिन् । ‘उह...
धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँमा आज विहान आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय नविन राईको घर जलेर नष्ट भएको हो । गाईबस्तुलाई खोले पकाउँने चुलोबाट बिहान करिब साढे १० बजे घरमा आगो सल्किएको हो । स्थानीयबासीले पानी छ्यापेर करिब एक घण्टापछि आगो निभाएका छन् । आगलागीमा परी घरसहित लत्ताकपडा, भाडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको घरधनी राईले जानकारी दिए । घरमा रहेका मौरीको ...
नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दोलखा घर भई त्रियुगा–७ बस्दै आएका मधुसुधन अधिकारीका ३ बर्षीय छोरा लेखनाथ छन् । दिउँसो करिव १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा डुब्दा बालक अचेत भएका थिए । अचेत अवस्थामा उनकी आमाले फेला पारेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खान छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको...
सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

धनकुटा । नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब भिड्ने भएका छन् । सहिदभूमि गाउँपालिका–१ सफाइटारमा जारी प्रतियोगिताको दिउँसो हुँने फाइनल खेलमा अजम्वरी र नाम्जे युवा क्लव आम्नेसाम्ने हुन लागेका हुन् । माहाङ युवा क्लब सहिदभूमि–७ लाई सेमिफाइनलमा १–० गोल अन्तरले पराजित गर्दै फेदीस्थित अजम्वरी युवा क्लब फाइनल पुगेको हो । यता, दोस्रो सेमिफाइनल खेलम...
२०७८ माघ २० गते बिहीवारको राशिफल

२०७८ माघ २० गते बिहीवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी ३ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल द्धितीया राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल द्धितीया तिथी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, परिधि योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल...
लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

इलाम । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्षभन्दा यसपटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यसपटक विगतभन्दा निकै त...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–५ भदौरेमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय १३ बर्षीय रोशन बि.क. छन् । ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१त ३२९४ नम्बरको ट्रयाक्टर सडकको किनारमा कोल्टे परेर पल्टिएको थियो । ट्रयाक्टर पल्टिदा बालक ट्याक्टरबाट लडेका थिए । उनलाई ट्याक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रावाबेँ...
महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चर...
२०७८ माघ १९ गते बुधवारको राशिफल

२०७८ माघ १९ गते बुधवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी २ नेपाल सम्बत ११४१ पोहेलागा माघ शुक्ल प्रतिपदा राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ शुक्ल प्रतिपदा तिथी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, वरियान योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः४९ बजे, सूर्यास्त साँझ ५ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा ग...
धनकुटामा टेम्पु पल्टिँदा चालकको मृत्यु

धनकुटामा टेम्पु पल्टिँदा चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वइन्टस्थित कोशी लोकमार्गमा मंगलबार साँझ टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा बजारबाट जिरोप्वइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटोटेम्पु साँझ करिब ८ः३० बजे सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्की...
केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपा...
जग्गाको विषयमा विवाद हुँदा आमाको हत्या, छोरा पक्राउ

जग्गाको विषयमा विवाद हुँदा आमाको हत्या, छोरा पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा पक्राउ गरिएको हो । माघ १२ गतेदेखि घरबाटै अचानक हराएकी भनिएकी बृद्धालाई हत्या गरी जलाइएको सूचना पाएपछि सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय पथरीको टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका...
स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

काठमाडौं । सरकारले २०७९ साल जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच समझदारी भएको हो । बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ ...
एमसीसीले सकसमा गठबन्धन

एमसीसीले सकसमा गठबन्धन

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन्। यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्। प्रधानमन्त्री देउवाले यसअघि दुईपटक प्रयास गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका क...
घेराबन्दीमा प्रधानमन्त्री: स्थानीय तहकाे निर्वाचनमा अलमल कायमै

घेराबन्दीमा प्रधानमन्त्री: स्थानीय तहकाे निर्वाचनमा अलमल कायमै

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचन गर्नतर्फ अघि बढ्न दबाब बढाएका ह...
२०७८ माघ १८ गते मंगलवारको राशिफल

२०७८ माघ १८ गते मंगलवारको राशिफल

ई.सं. २०२२ फेबु्रवरी १ नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण औँशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण औँशी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, व्यतिपात योग, नाग करण । नेपालमा सूर्योदय बिहान ६ः५० बजे, सूर्यास्त साँझ ५ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल ...
धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ, ३० बर्षीय मन्दिप मगर, धरान–१९ का २६ बर्षीय जनम मगर, धरान–३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर छन् । संघीय प्रहरी इकाई कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहर...
‘स्थानीय चुनाव जेठ ७ भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’

‘स्थानीय चुनाव जेठ ७ भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’

काठमाडौं । संविधानविद्हरूले जेठ ७ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने ‘संवैधानिक बाध्यता’ रहेको तर्क गरेका छन्। सत्तासीन गठबन्धनले जेठभित्र निर्वाचन गर्ने समझदारी गरे पनि जेठको पहिलो साताभित्र चुनाव सम्पन्न गर्नुपर्ने संविधानविद्हरूको तर्क छ। संविधानविद् डा. विपिन अधिकारी निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाख महिनामै निर्वाचन गराउनतिर सरकार लाग्नुपर्ने बताउँछन्। ‘आयोगले प्रस्ताव गरेको...
राप्रपामा प्रवक्ता नै चार जना

राप्रपामा प्रवक्ता नै चार जना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् । पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महा...
खाडी मुलुकबाट फर्किएकामा देखियो कुष्ठरोग

खाडी मुलुकबाट फर्किएकामा देखियो कुष्ठरोग

झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक÷एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ...
२०७८ माघ १७ गते सोमवारको राशिफल

२०७८ माघ १७ गते सोमवारको राशिफल

ई.सं. २०२२ जनवरी ३१ नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण चतुर्दशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वज्र योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ६ः५० बजे, सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्र...
२०७८ माघ १६ गते आइतवारको राशिफल

२०७८ माघ १६ गते आइतवारको राशिफल

ई.सं. २०२२ जनवरी ३० नेपाल सम्बत ११४१ पोहेलागा माघ कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, माघ कृष्ण त्रयोदशी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, हर्षण योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः५१ बजे, सूर्यास्त साँझ ५ः४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्रा...
प्रेस सेन्टर मोरङले आश्रमलाई दियो ३ हजार मास्क

प्रेस सेन्टर मोरङले आश्रमलाई दियो ३ हजार मास्क

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई प्रेस सेन्टरले स्वास्थ्य सामाग्री वितरण गरेको हो । पूर्वाञ्चल बालआश्रममा एक हजार ५ सय मास्क र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण गरिएको प्रेस सेन्टर मोरङका सचिव हरि अधिकारीले जानकारी दिए । प्रेस सेन्टर प्र...
error: Content is protected !!