मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ । विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम...
कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

विराटनगर । कोशी प्रदेश सरकार गठन विवादमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा पेशी परेको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा परेर स्थगित भएको हो । निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति ...
धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटामा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरू

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित वडा कार्यालयमा जिल्लास्तरीय अन्डर–१५ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघ धनकुटाको संयोजनमा बुधबार प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गरेका थिए । त्यस अवसरमा उनले खेलले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताए । पौडेलले बुद्धिचाल पनि व्याव...
धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटा । सदरमुकाम धनकुटा नगरपालिका–६, स्थित सल्लेरी बनमा भएको आगलागी नियन्त्रणमा आएको छ । बन क्षेत्रमा दिउँसो करिब २ बजेबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागी कसरी भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए...
गर्मी अत्यधिक बढेपछि इटहरीका विद्यालय दुई दिन बिदा

गर्मी अत्यधिक बढेपछि इटहरीका विद्यालय दुई दिन बिदा

सुनसरी । गर्मी अत्यधिक बढेर विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्य प्रभावित हुने अवस्था आएपछि सुनसरीको इटहरीका विद्यालयहरुमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिइएको जानकारी दिएको छ । उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै इटहरी उपमहानगरभित्र सञ्चालित संस्थागत, सामुदायिक, धार्मिक तथा सामुदायिक सिकाई केन्द्रहरूमा जेठ १७ र १८ गते २ दिन बिदा हुने जान...
कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

विराटनगर । कान्तिपुर मिडिया ग्रुपको मोरङमा रहेको प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयका सुरक्षा गार्ड कोठामा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका ५० वर्षीय बलबहादुर बस्नेत मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा बुधवार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्...
धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटा । धनकुटा नगरपालिका–६ मा पर्ने सल्लेरी बन क्षेत्रमा आगलागी भइरहेको छ । आँखा अस्पतालभन्दा अलि मास्तिरको क्षेत्रमा आगलागी भएको हो । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयासमा लागिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

माछा मार्ने क्रममा अस्ट्रेलियामा दुईजना नेपालीको मृत्यु

विराटनगर । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुईजना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको जनाइए पनि उनीहरुको पहिचान र नेपालको ठेगाना खुलाइएको छैन । न्यु साउथ वेल्स प्रहरीले क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू सोमबार समुद्रमा खसेको जानकारी दिएको छ । लाइफ ज्याकेट बिना...
सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

विराटनगर । सर्पले टोकेर मोरङको कानेपोखरीमा एकजना बालकको मृत्यु भएको छ । सुतिरहेका बेला बिषालु सर्पले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका युवराज राउतका ११ वर्षीय छोरा प्रान्जल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेका बेला उनलाई मध्यराति सर्पले डसेको थियो । उपचारका लागि ती बालकलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।...
हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

झापा । हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पुगेको छ । मंगलबार राति आएको हुरीले केही उद्योगहरुमा क्षति भएको छ भने किसानले लगाएका बालीमा पनि नोक्सानी पुगेको प्रहरीले जनाएको छ । हुरीको असरले मेचीनगर–१० मा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भेनियर पाता, कामदार बस्ने कटेज, पिलिङ मेसिन लगायतमा क्षति भएको जनाइएको छ । यसैगरी सिद्धविन...
प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा ताला लगाएको छ । सदस्यता शुद्धीकरणको नाममा भेदभाव भएको भन्दै युनियनले बुधवार महासंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो । महासंघको विधानअनुसार जिल्ला शाखाले पत्रकारका जिल्लास्थित संघ, संगठनसँग भएको सहमतिमा सर्वसम्मत रुपमा केन्द्रमा नवीकरण र नयाँ सदस्यता सिफारिसका लागि पठाएको सूचीलाई बेवास्ता गरिएको युनियनको आरोप छ ।...
८ हजारभन्दा बढी पुगिसके सगरमाथा चुचुरो

८ हजारभन्दा बढी पुगिसके सगरमाथा चुचुरो

विराटनगर । सर्वोच्च शिखर सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयो...
मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

विराटनगर । मोङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाण गाँजा बरामद भएको छ । भारततर्फ लैजान खोजिएको २७१ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका–१४ जतुवाबाट १८१ किलो गाँजा बरामद गरेको छ । प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कूचो निकासी गर्ने बहानामा उक्त ट्रकमा गाँजासमेत...
रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

रारा गोल्डकपको उपाधिका लागि सिरहा र आयोजक भिड्दै

धनकुटा । धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकपको उपाधि कसले हात पार्छ भन्ने टुंगो बुधबार लाग्दैछ । प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लब र आयोजक रारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौबिसे गाउँपालिका–६ राजारानीस्थित पुण्य माविको खेलमैदानमा दिउँसो २ बजे दुवै टिम उपाधि कब्जा गर्ने लक्ष्यसहित उत्रँदैछन् । उपाधि जित्ने टिमले ५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । साबिक विजेता सल...
कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबारदेखि सुनुवाइ हुँदैछ । यसअघि जेठ ९ गते अदालतले मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो । वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । ...
२०८१ जेठ १६ गते बुधबार/आजको राशिफल 

२०८१ जेठ १६ गते बुधबार/आजको राशिफल 

२०८१ जेठ १६ गते बुधबार ई.सं.२०२४ मे २९ नेपाल सम्वत् ११४४ बछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा श्रवण नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ बजे, सूर्यास्त साँझ ०६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपन...
टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

टी–१० क्रिकेटः विराट स्पोर्टिङ र फूलबारी विजयी

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फूलबारी क्रिकेट क्लब र विराट स्पोर्टिङ क्लब विजयी भएका छन् । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा फूलबारीले एलिट क्रिकेट क्बललाई १० विकेटले र दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै दुवै टिमले २–२ अंक जोडेका छन् । पहिलो खेलमा एलि...
रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

रारा गोल्डकपः सलहेश क्लब सिरहा फाइनलमा

धनकुटा । सलहेश युथ क्लब सिरहा धनकुटाको राजारानीमा जारी ११औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै साबिक विजेता सलहेश युथ क्लब उपाधि नजिक पुगेको हो । चौबिसे गाउँपालिका–६ राजारानीस्थित मैदानमा भएको खेलको ३२औं मिनेटमा सलहेशका आदित्य शाक्यले गोल गरेका थिए । त्यस्तै, खेलको ६२ औ...
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि राम राना दलको कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उपनेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक ...
खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाबाट...
इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम लिग फुटबलः हेलिबोधलाई हराउँदै माईभ्यालीको जित

इलाम । एन्फा इलाम जिल्ला लिग फुटबलमा माईभ्याली फुटबल क्लब बिजयी बनेको छ । इलामको ठुलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१औँ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबर...
धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटाको सहिदभूमिका कृषकलाई मौरीपालन तालिम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–७ मा मौरीपालन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा हेरिटेज टेक्निकल ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युट धरानको आयोजनामा ७ दिने आधारभूत तालिम सम्पन्न भएको हो । ‘उन्नत सीप सिकौँ, सफल व्यवसायी बनौँ’ भन्ने नाराका साथ तालिम आयोजना गरिएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक रोशन बजगाईँले जानकारी दिए । तालिममा आधुनिक घारमा मौरी पाल...
संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

संघीय सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्ण पाठसहित)

विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यसैगरी, यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चा...
नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले...
कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

विराटनगर । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्...
नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच

विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ । उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रो...
बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

बजेटः प्रदेश र स्थानीय तहलाई अनुदानबापत ५ खर्ब ६७ अर्ब

विराटनगर ।  सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम विनियोजन गरेको बताएका छन् । उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा विनियोजन भएको समेत बताए । यस्तै सर्सत अनुदानतर्फ प्रदेशका ल...
सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

विराटनगर । कोशी प्रदेशसहित देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना मेला आयोजना हुन लागेको हो । मेलाको शुभारम्भ भने कोशी प्रदेशबाट हुने विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ गते मेलाको शुभारम्भ भएर १८ गते समापन हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र ...
इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम जिल्ला लिगः देउराली र रेडहर्स विजयी

इलाम । ‘एन्फा इलाम जिल्ला लिग’ मा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्लब विजयी बनेका छन् । सदरमुकामस्थित ठूलो टुँडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्ल्बमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । देउरालीको जितमा बिनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे । जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४औँ मिनेटमा अग्रता दिलाए । दोस्रो हाफको बिनोदले ६ र २६ मिनेटमा गोल गरे...
करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा भएका घटनामा बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ देवकोटा चोकस्थित खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका चार वर्षीय छोरा टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठाभित्रै खेलिरहेका बेला ती बालकलाई बिजुलीमा जोड्ने मल...
आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

आज १७औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक विदा

विराटनगर । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनका रुपमा आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । सरकारले आजका दिन राष्ट्रिय दिवसका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने सन्दर्भमा देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२–६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ गते गणतन्त्र स्थापनाको घोषणा गरेको थियो । त्यही दिनलाई आधार मानेर हरेक वर्ष गणतन्त्र ...
error: Content is protected !!