विराटनगर । आज सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च भएको सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी तोलामा दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।