संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र १-०५-००१ ह ०१५३ नम्बरको अटोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अटो चालक त्रियुगा-३ का ४४ वर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का धिरज खड्का रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा लुकाएर राखेको अवस्थामा डाइजेपाम, फेनार्गन र बुप्रिनोर्फिनसहित ५६ एम्पुल प्रतिबन्धित औषधि बरामद भएको छ ।

Advertisement

उनीहरूको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!