विराटनगर । सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा छ सय बढेको सुन एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २० रुपैयाँ बढेर चाँदी दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।