विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज पाँच रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा दुई हजार एक सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।