संगालोखबर सम्वाददाता

धनकुटा, २७ मंसिर । निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १४ जना धरौटीमा छुटेका छन ।

नेकपाका जिल्ला अध्यक्ष आकाश शर्मा भनिने माधव गौतमसहित १४ जनालाई धरौटिमा छोडिएको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई बताएका छन् ।

Advertisement
जिल्ला प्रहरी कार्यालय धनकुटा । तस्वीर : संगालोखबर

पक्राउ परेका १५ मध्ये जिल्ला सदस्य सुक्रराज राई भने हिरासतमै छन् । राईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिभिन्न जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रभावित पार्ने गतिविधि बढ्दै गएपछि करिव एक महिना अघि नियन्त्रणमा लिएर शान्ति सुरक्षालाई खदल पुर्याएको आरोपमा प्रहरीले उनीहरु बिरुद्ध सार्वजनिक मुद्धा चलाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!