- देवकला कार्की/संगालोखबर

धनकुटा, २८ मंसिर । धनकुटामा बार्षिक सिकाई उपलब्धी वढ्दै गएको छ । पछिल्लो तीन वर्षको अवधिमा जिल्लाको सिकाई उपलब्धी क्रमस बढेर शैक्षिक गुणस्तरमा सुधार आएको हो ।

शैक्षिक उपलब्धी बढेर शैक्षिक सत्र ०७३ मा ५१ प्रतिशत पुगेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत फाल्गुणी काफ्लेले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार यसअघि शैक्षिक सत्र ०७१ मा जिल्लाको समग्र सिकाई उपलब्धी ४९ प्रतिशत र ०७२ मा ५० प्रतिशत थियो ।

जिल्ला शिक्षा कार्यालय धनकुटा । फाईल तस्वीर- संगालोखबर

यस्तै शैक्षिक सत्र ०७३ को कक्षागत सिकाईमा कक्षा १ को ५७ प्रतिशत छ । कक्षा २ को ५९ प्रतिशत, कक्षा ३ को ५७ प्रतिशत र कक्षा ४ को ५० प्रतिशत सिकाई उपलव्धी रहेको शाखा अधिकृत काफ्लेले वताए ।

यसैगरि कक्षा ५ को ५२ प्रतिशत, कक्षा ६ को ३७ प्रतिशत, कक्षा ७ को ४७ प्रतिशत, कक्षा ८ को ५१ प्रतिशत र कक्षा ९ को ४७ प्रतिशत कक्षागत सिकाई उपलब्धी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विषयगत सिकाईमा भने गणित विषयमा विद्यार्थीको सिकाई उपलब्धी कमजोर पाईएको छ । गणितमा ४६ प्रतिशत सिकाई उपलव्धी छ भने सवैभन्दा वढि नेपालीमा ५६ प्रतिशत छ । धनकुटामा २ सय ९७ वटा सामुदायिक विद्यालय छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!