- संगालोखबर सम्वाददाता

धनकुटा, २५ मंसिर । धनकुटामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना सोमबार साँझ सकिएको छ । मतपरिणाम अनुसार एमालेले झन्डै ५० प्रतिशत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ खसेको कुल सदर मत ६३ हजार १ सय १२ मध्ये एमाले एक्लैले ३० हजार ९ सय ४७ मत प्राप्त गरेको छ ।

त्यस्तैगरी कांग्रेसले १२ हजार ३ सय २०, माओवादी केन्द्रले ७ हजार ४ सय ७९, राप्रपा प्रजातान्त्रिकले ६ हजार १ सय ६१ र संघीय समाजवादी फोरमले २ हजार ५ सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभातर्फ खसेको ६८ हजार ७ सय ७२ मत मध्ये ५ हजार ६ सय ६० मत बदर भएको छ ।

Advertisement

यसैगरी प्रदेश क तर्फ एमालेले १३ हजार ९ सय ९६, कांग्रेसले ७ हजार ६ सय २, माओवादी केन्द्रको ३ हजार ९ सय ११, संघीय समाजवादी फोरमले २ हजार २५ र राप्रपा प्रजातान्त्रिकले १ हजार ६ सय ५९ मत पाएका छन् । प्रदेश क मा ३६ हजार ३ सय १५ मत खसेकोमा ३१ हजार ४ सय ६० मत सदर र ४ हजार ८ सय ५५ मत बदर भएको थियो ।

यसैगरी प्रदेश ख मा एमालेले १४ हजार ३ सय ३२, राप्रपा प्रजातान्त्रिकले ३ हजार ७ सय ३८ , माओवादी केन्द्रले ३ हजार ६ सय ९० र कांग्रेसले ३ हजार ६ सय ३२ मत प्राप्त गरेको छ । ३२ हजार ४ सय ५७ मत खसेको प्रदेश ख मा २७ हजार ७ सय १२ मत सदर र ४ हजार ७ सय ४५ मत बदर भएको छ ।

आईतबार दिउँसोबाट सुरु भएको समानुपातिक तर्फको मतगणना सोमबार साँझ सकिएको हो । यता प्रत्यक्षतर्फ भने प्रतिनिधि र प्रदेशसभा दुवैमा एमाले बिजयी भएको छ । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार राजेन्द्र राई, प्रदेश क मा निरन राई र प्रदेश ख मा इन्द्रमणी पराजुली विजयी भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!