- रबिन कटेल

बिराटनगर, १२ बैशाख । विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र हतियारसहित सात जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारी स्थित नहरको डिलबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार अररिया जिल्लाका २४ बर्षीय रोहित कुमार शर्मा, ३० बर्षीय प्रमोद भन्ने विनोद यादव, १८ बर्षीय राजा कुमार यादव, २२ बर्षीया निलम देवी यादव, २६ बर्षीय प्रकाश कुमार दास, ३३ बर्षीय रन्जित कुमार शर्मा र ४० बर्षीय सुरज नारायण यादव छन् ।

Advertisement
वरामद भएको लागुऔषध र हतियारसहित अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : रबिन कटेल

उनीहरुको साथबाट अवैध लागुऔषध एभिल १७७५ एम्पुल, डाईजेलाभ ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्सी, नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसीक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ वोतल वरामद भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिएका छन् ।

उनका अनुसार कारोवारीहरुको साथबाट अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्याग्जिन एक थान र ६ राउड गोली पनि वरामद भएको छ ।

त्यस्तै ८१ हजार नगद र छ थान मोवाईल पनि वरामद भएको छ । अवैध कारोवारीहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको बिआर ३८, एफ १२२८, बिआर ३८ एच ४०५० र बिआर ३८ डि ५२२६ नम्बरको मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पेस्तोलसहित पक्राउ परेका बिनोद यादव ।

संकास्पद लागेर चेकजाच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध र हतियार फेला परेको बताईएको छ ।

पक्राउ परेकाहरुलाई हातहतियार खरखजना अन्र्तगत मुद्धादायर गरी अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!