मंगलबारे, इलाम, १२ वैशाख ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पु¥याएका थिए । तर, नवयुग श्रेष्ठले खेलको ७६ औँ मिनेटमा आर्मीका लागि दोस्रो गोल गरे ।

त्यसैगरी नवयुगले दिएको पासलाई सदुपयोग गर्दै भरत खवासले दोस्रो हाफपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेर आर्मीलाई जित दिलाए ।

आर्मीका सन्तोष तामाङ्ग खेलको म्यान अफ दि म्याच हुँदै रु १० हजार प्राप्त गरे । बिहीबारको खेल थ्रीस्टार काठमाडौँ र नेपाल प्रहरीबीच हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!