- संगालोखबर सम्वाददाता

मोरङ, १५ बैशाख । मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ बर्षीय रोसनकुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो ।

पिपलको रुख मुनी बसिरहेका वेला दिउँसो करिव २ बजे हावाहुरीसँगै परेको चट्याङ लागेको उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

चट्याङ लागेर उनकै साथी २५ बर्षीय मिठू मण्डल गम्भीर घाईते भएका छन् । उनको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

यता मोरङमा पनि शनिवार दिउँसो चट्याङ लागेर तीन जना घाईते भएका छन् ।

दिउँसो करिव १२ बजे परेको चट्याङ लागेर बिराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ४५ बर्षीया रुपमणी यादव, उनकी छोरी १६ बर्षीया भुकली यादव र छिमेकी २६ बर्षीय भुल्टेन यादव घाईते भएका हुन् । उनीहरुको कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचार भइरेहको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!