- संगालोखबर सम्वाददाता

धनकुटा, १६ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुसेटारबाट आज अपरान्ह एक बालक तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

Advertisement

चौबिसे गाउँपालिका–६ का १४ बर्षीय रामकुमार राईलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

साथीहरुसँग नदीमा पैडी खेल्न गएका वेला अपरान्ह साँढे चार बजे राईलाई तमोर नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता गौतम मिश्रले संगालोखबरलाई जानकारी दिएका छन् ।

उनका अनुसार घटनाको जानकारी पाएपछि मुलघाटबाट प्रहरी टोली घटनास्थल गएको छ । उक्त स्थान मुलघाट प्रहरी चौकीबाट करिव ८ किलोमिटर उत्तरपूर्वमा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!