- दिबेश खड्का/संगालोखबर

सिधुवा, १२ बैशाख । २०७२ सालमा गएको शक्तिसाली भूकम्पमा ज्यान गुमाएकाहरुको संझनामा आज साँझ धनकुटाको सिधुवा बजारमा दिप प्रज्वलन गरिएको छ ।

छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा दिप प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

छथर जोरपाटी गाउँपालिका–६ का वडाध्यक्ष दीलबहादुर थापासहित आयोजक सस्थाका प्रतिनिधि र स्थानीयबासी पनि दिप प्रज्वलनमा सहभागि थिए ।

तीन बर्ष अघि आजकै दिन अर्थात ०७२ बैशाख १२ गते ७ दशमलव ९ रेक्टरस्केलको भूकम्प जाँदा हजारौं नेपालीले ज्यान गुमाएका थिए । लाखौ संरचनामा क्षति पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!