- ईश्वर थापा/संगालोखबर

धनकुटा, १४ बैशाख । धनकुटाको पाख्रीबास नगरपालिका–२ सान्नेका मिर्गौलापीडित चुडामणी पुलामी मगरलाई उपचारमा सहयोग गरेर ज्यान बचाउँन परिवारका सदस्यले अपिल गरेका छन् ।

Advertisement

३४ बर्षीय मगरको दुबै मिर्गौला खराब भएपछि राजधानीको निदान अस्पतालमा नियमित डाईलाईसिस गराईदै आएको छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै मिर्गौलापीडित मगरका वुवा जीबनमूक्ती पुलामी मगरले सहयोग गरेर छोराको ज्यान बचाईदिन सवैमा अपिल गरेका हुन् ।

नियमित डाईलाईसिस गराउँदै आएका मगरलाई उनका वुवाको मिर्गौला प्रत्यारोपण गर्न खोजिएको भएपनि मिलेन । अव, आमा बिष्णुमायाको एउटा मिर्गौला प्रत्यारोपणको प्रकृया अघि बढेको स्थानीय शान्तिराम गौतमले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार मिर्गौलापीडित मगरका भाई भुपेन्द्र पुलामी मगरको नाममा माछापुच्छ्रे बैंकमा रहेको २७२२५२४४८१३३६०१४ नम्बरको खातामा ईच्छुकले पैसा जम्मा गर्न सकिनेछ ।

‘थोपा–थोपा मिलेर समुन्द्र बन्छ भनेझै हाम्रो सानो सहयोगले पनि उनको ज्यान बाच्न सक्छ ।’ गौतमले भने ‘सवैले सहयोग गरेर ज्यान बचाईदिन आग्रह गर्दछौ ।’

यसैवीच हालसम्म स्थानीय स्तरबाट करिब डेढ लाख सहयोग प्राप्त भएको छ । सहयोग प्राप्त हुँने क्रम जारी रहेको परिवारस्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!