गाईघाट, उदयपुर, १३  वैशाख । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ ।

Advertisement

आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् ।

यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलकुद् विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताउनुभयो ।

यस्तै, तृतीय स्थानमा डबल इभेन्टतर्फ तेह्रथुम र सिंगल इभेन्ट महिलातर्फ मोरङ र सुनसरीले तृतीय स्थान हातपारेको आयोजकले बताएका छन् ।

पूर्वका दश जिल्ला उदयपुर, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सप्तरीसहितका ७० जना खेलाडीको सहभागिता थियो ।

खेलमा विजयी हुने खेलाडीहरुलाई पूर्वाञ्चल खेलकूद विकास समितिका अध्यक्ष रविन नगरकोटीसहित एकनम्बर प्रदेशका सभासद्हरुले शील्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको आयोजकले बताएको छ ।

उक्त टेबलटेनिस खेलमा सहयोग त्रियुगा नगरपालिका गाईघाट र समन्वय जिल्ला खेलकुद् विकास समिति उदयपुरले गरेको आयोजकले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!