- कोकिला भण्डारी/संगालोखबर

धनकुटा, ९ जेठ । सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवास नगर महासंघ र गाउँ महासंघ छथर जोरपाटीको अधिवेशन सम्पन्न भएको छ । पाख्रीवास नगर महासंघको प्रथम अधिवेशनबाट शान्तिराम गौतम अध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement

नव गठित समितिको उपाध्यक्षमा रबिन लिम्बुु, महासचिवमा हिरा पराजुली, सचिवमा खेमचन्द्र वस्ती र कोषाध्यक्षमा देवी घिमिरे निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा गंगाराम राई, दुर्गाबहादुर कार्की, ताराकुमारी राई, नारायण बहादुर बुढाथोकी, लुमा पोख्रेल, डोलमाया खपाड्गी र नेत्रबहादुर कार्की चयन भएका छन् ।

छथर जोरपाटीमा थापा निर्वाचित

यता छथर जोरपाटी गाउँ महासंघको प्रथम अधिवेशनबाट निलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा जानुका घिमिरे, महासचिवमा रिना लिम्बु, सचिवमा वीरबहादुर सारुमगर र कोषाध्यक्षमा बद्धमाया लिम्बु निर्वाचित भएका छन् ।

सदस्यहरुमा मनु पुलामी, दिपकला लिम्बु, बलबहादुर लिम्बु, सोमराज लिम्बु, इनार सिंह लिम्बु र गोपीमाया श्रेष्ठ निर्वाचित भएको सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन् ।

पाख्रीवास र छथर जोरपाटीका निर्वाचित नयाँ कार्यसमितिलाई सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य शिव आङ्ला, जिल्ला अध्यक्ष खड्का लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

यसअघि भेडेटारमा शनिवार सम्पन्न साँगुरीगढी गाउँ महासंघको अधिवेशनबाट रामु राई अध्यक्षमा निर्वाचित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!