- संगालोखबर सम्वाददाता

धनकुटा, ७ जेठ । नेपाल बङ्गलादेश बैंकले चौबिसे गाउँपालिकाको राजारानीमा शाखा बिस्तार गरेको छ । राजारानीमा सोमबार कार्यक्रम गरी बैंकको ७० औं शाखा उद्घाटन गरिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल र बैंकका सञ्चालक ईन्द्र बहादुर थापाले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका हुन् ।

बैंकले कृषि, व्यापार, उद्यमी लगायतलाई प्राथमिकतामा राखेर सेवा उपलव्ध गराउँने बैंक सञ्चालक ईन्द्र बहादुर थापाले जानकारी दिए ।

डिजिटल बैकिङ सुविधासहितको सेवा प्रदान गर्ने गरी बैंकको शाखा स्थापना गरिएको हो ।

बैंक उद्घाटनसँगै कर्जा, निक्षेप लगायत बैकिङ सेवा सुचारु भएका छन् । गाउँपालिकामा ‘क’ वर्गको बैंक स्थापना भएपछि स्थानीयवासी पनि हर्षित बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!