इटहरी, ७ जेठ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरहरैचाको चारवटा बारुणयन्त्रले राति २ बजे आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक राजन कार्कीका अनुसार आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयवासी, व्यापारी व्यवसायीलगायतको सक्रिय सहभागिता रहेको थियो । पुरुषोत्तम काफ्लेको घरमा भएको पसल आगलागीमा सबैभन्दा बढी समुद्र राईको तयारी कपडा पसलको झण्डै रु दुई करोड बढीको नोक्सानी भएको उहाँले बताउनुभएको प्रहरीले जनाएको छ ।

यसैगरी उक्त आगलागीमा समुद्र राईसँगैका सटर पसल गर्दै आउनुभएका गजराज श्रेष्ठको पनि लाखौँको तयारी कपडा पसलमा नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको र अझै क्षतिको एकीन विवरण लिने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

एक वर्षअघि पनि अहिले आगलागी भएको ठीक उत्तरतर्फ करोडौँको नोक्सानी हुने गरी आगलागी भएको थियो । आगोलाई समयमा नै नियन्त्रण गर्न सफल भएकाले अरु ठूलो नोक्सानी हुन नपाएको बताइएको छ । आगलागी भएको स्थान इटहरीको घना व्यापारिक क्षेत्र हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!