
धनकुटा, ९ जेठ । संभावित लेडिज जेसिज धनकुटाले मृगौला पीडित चुडामणि पुलामीलाई आर्थिक सहयोग गरेको छ । पाख्रीबास नगरपालिका–२ का ३४ वर्षीय पुलामीको उपचार सहयोगार्थ जेसिजको अगुवाईमा संकलन भएको ५ हजार २ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
जेसिजको कार्यालयमा भएको कार्यक्रममा सस्थाकी अध्यक्ष प्रमिसा श्रेष्ठ र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले मनोज चाम्लिङ राईलाई रकम हस्तान्तरण गरी पुलामी समक्ष पुर्याउँन आग्रह गरेका थिए ।
रकम ग्रहण गर्दै राईले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । यस्तै पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले महासंघले पुलामीको उपचारका लागि सहयोगको प्रयास गर्ने बताए ।
केहि महिना अघिदेखि मृगौलामा समस्या देखिएपछि पुलामीको काठमाडौँको निधान अस्पतालमा उपचार भइरहेको छ । आमाको मृगौला उनको शरिरमा प्रत्यारोपण गर्ने तयारी भईरहेको परिवार स्रोतले जनाएको छ ।















