भोजपुर, ८ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो ।

Advertisement

नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिए।

हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!