सालकको खपटासहित दुईजना पक्राउ
इलाम, १५ जेठ । सालकको खबटासहित दुईजनालाई प्रहरीले देउमाई नगरपालिकाको मंगलबारे बजारबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर र संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे रहेका छन् ।
मंगलबारेबाट इलामतर्फ आइरहेको मे ९ प २९०९ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवारको झोल...






























