
काठमाडौं, ८ जेठ । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।
मंगलबार बिहान पक्राउ गरिएको बताएको गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा केहीबेर अघि उपस्थित गराएको हो । टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ ।
करिब ३८ क्वीन्टल सुन तस्करी, सनम शाक्य हत्याका विषयमा गोरेको बयान अदालतले लिने छ । उनलाई मोरङ प्रहरीको हिरासतमा राखिने छ ।















