धनकुटा, १४ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका र धनकुटा नगरपालिकामा सञ्चालन भइरहेका तीन वटा सिपमुलक तालिमको सोमबार अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, अनुगमन समिति संयोजक सिताराम गौतम, सदस्य सचिव होमबहादुर थापासहित सम्वन्धित नगरपालिकाका प्रतिनिधि लगायतको टोलीले अनुगमन गरेको हो ।
महालक्ष्मी–८ र पाख्रीवास–७ को ढाका कपडा बुनाइ तालिम तथा धनकुटा–१० को मुढा बन्ने तालिमको अनुगमन गरिएको थियो ।
उक्त तालिमहरु घरेलु तथा साना उद्योग बिकास समितिको सहयोगमा महिला सिप विकास केन्द्र इटहरीले आयोजना गरेको घरेलुका नायव सुब्बा होमबहादुर थापाले बताए ।
महालक्ष्मी नगरपालिका र पाख्रीवास नगरपालिकामा तीन महिने ढाका कपडा बुनाइ तालिम तथा धनकुटा नगरपालिकामा एक महिने मुढा बन्ने तालिम सञ्चालन भइरहेको छ ।
तस्वीरहरु: ईश्वर थापा/संगालोखबर