- संगालोखबर सम्वाददाता

धनकुटा, १० जेठ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहलका लागि जिल्लाबासीले बिहिबार प्रदेश प्रमुख डा.गोबिन्द सुब्बालाई अनुरोध पत्र बुझाएका छन् ।

Advertisement

भौतिक पूर्वाधारले सम्पन्न भएरपनि राज्यको वेवास्थाका कारण दिन प्रतिदिन शुन्य हुदै गएको धनकुटालाई प्रादेशिक राजधानी बनाउन र संघीय सरकारका कार्यालयहरु धनकुटामा स्थापना गर्न पहलका लागि पत्र बुझाईएको हो ।

गृह जिल्ला धनकुटा आएका प्रदेश प्रमुख डा.सुब्बालाई धनकुटा बजार व्यवस्थापन समितिका पदाधिकारीसहितको टोलीले भेटघाट र छलफल गरी अनुरोधपत्र बुझाएका हुन् । कार्यक्रममा बजार ब्यवस्थापन समिति अध्यक्ष विप्लव श्रेष्ठले प्रदेश प्रमुख डा.सुब्बालाई अनुरोधपत्र हस्तान्तरण गर्दै धनकुटेलीको मागलाई गंभीरतापूर्वक बुझ्न आग्रह गरे ।

पत्र ग्रहण गर्दै प्रदेश प्रमुख डा.सुब्बाले धनकुटाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा बजार ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिदम श्रेष्ठ, सल्लाहकारहरु विजय सन्तोषी राई, जयन्द्र प्रधान, सदस्य दिनेश श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, निर्वतमान अध्यक्ष खगेन्द्र घिमिरे लगायतले धनकुटामा भएका दर्जनौ भौतिक संरचना भूतबंगलामा परिणत हुन लागेको प्रति प्रदेश प्रमुखलाई सचेत गराए ।

उनीहरुले धनकुटामा भएका भौतिक संरचनामा प्रदेशको राजधानी र संघीय सरकारका विभिन्न कार्यालयहरु स्थापना गर्न पहल गरिदिन अनुरोध गरेका थिए ।

प्रदेश प्रमुखलाई बुझाईएको पत्रमा प्रदेशको राजधानी धनकुटा बनाउन पहलका लागि अनुरोध गरिनुका साथै संघीय सरकार अन्र्तगत पूर्वी पहाडी जिल्लाकालागि यातायात, आत्तरिक राजश्व कार्यालय, श्रम, पर्यटन, लोकसेवा, शिक्षा, पर्यटन बोर्ड, स्वास्थ्य लगायत कार्यालय धनकुटामा स्थापनाका लागि पहल गर्न अनुरोध गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!