- संगालोखबर सम्वाददाता

धनकुटा, १० जेठ । धनकुटाको निशान भगवती मन्दिरको प्रचारप्रसार गर्दै अक्षयकोष बृद्धि गर्ने उद्धेश्यले सञ्चालित श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञबाट करिव ३५ लाख रकम संकलन भएको छ ।

Advertisement

जेठ २ देखि १० गतेसम्म सञ्चालित महायज्ञबाट ३२ देखि ३५ लाख बराबरको सहयोग रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका सदस्य सचिव जनार्दन घिमिरेले जानकारी दिए ।

उनका अनुसार खर्च कटाएर केही दिनमा हिसाव सार्वजनिक गरिनेछ ।

 निशान मन्दिरको अक्षयकोषमा १० लाख भएपनि वार्षिक रुपमा हुने पुजाआजाको लागि पर्याप्त थिएन ।

अव यो महायज्ञबाट उठेको रकम थप गरेर नियमित पुजाआजालाई थप ब्यवस्थित गरिनेछ । त्यस्तै अब कहिल्यै ननिभ्ने अखण्ड दिप प्रज्वलन सुरु गरिएको सदस्य सचिव घिमिरेले जानकारी दिएका छन् ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित यो समाचार पनि हेर्नुहोस्…

धनकुटामा प्रदेश प्रमुख सुब्बाले भने ‘सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाऔं’ (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!