संगालोखबर संवाददाता

धनकुटा, ११ जेठ । धनकुटामा शनिबार (भोली) ढाका कपडा फेसन सो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । आइसिस इटरनेशनल पोखराको आयोजना तथा स्टेप धनकुटाको संयोजनमा कार्यक्रम हुन लागेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

Advertisement

धनकुटा र तेह्रथुमका ढाका कपडा व्यवसायलाई प्रवद्र्धन गरि कला प्रर्दशनलाई प्राथमिकता दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रमका कोरियो ग्राफर अविन सिंहले जानकारी दिए ।

ढाका फेसन सो धनकुटामा पहिलो पटक हुन लागेको सह कोरियो ग्राफर प्रमिसा श्रेष्ठले बताईन् । उनका अनुसार ढाका फेसन सो संगै सास्कृतिक कार्यक्रम पनि हुनेछ ।

फेसन सो नयाँ मोडलका लागि अवसर रहेको श्रेष्ठको भनाई छ ।

धनकुटाको सामुदायिक भवनमा बेलुका ५ बजे सुरु हुने फेसन सोमा धनकुटाका १३ जना र बाहिरी जिल्लाका ९ जनाको सहभागिता हुनेछ ।

कार्यक्रम अवलोकनका लागि ३ सय र ५ सय रुपैयाँको टिकट शुल्क तोकिएको छ । करिब ५ सय दर्शकले कार्यक्रम अवलोकन गर्ने आयोजकको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement